कक्षा ११ को नतिजा भोली सार्वजनिक गर्ने तयारी


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले भोलि यो वर्षको कक्षा ११ को परीक्षाफल भोली (मंगलबार) सार्वजनिक गर्ने तयारी गरेको छ ।

अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गर्न लागको हो ।

बोर्डका अनुसार भोली मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी छ ।

मोटरसाइकल चालकले ध्यान दिएर पढ्नुहोस्, जान्नुपर्ने छ यी कुरा

मोटरसाइकलरस्कुटर चलाउँदै हुनुहुन्छ भने गल्ती नै नगर्दा पनि ट्राफिक प्रहरीले रोक्न सक्छन्। दुई कारणले, सुरक्षा जाँच वा सुरक्षा कक्षा।

महानगरीय ट्राफिक महाशाखाले केही महिनादेखि व्यस्त सडकमा गुडिरहेका दुईपाङ्ग्रे रोकेर ’सुरक्षा कक्षा’ दिइरहेको छ। दुईपाङ्ग्रे सवारी सबभन्दा बढी दुर्घटनामा पर्ने गरेको तथ्यांकबाट देखिएपछि महाशाखाले यस्तो अभियान सुरू गरेको हो।

महाशाखाका अनुसार आर्थिक वर्ष २०७५र७६ को वैशाखसम्म सात हजार दुर्घटना भए, दुई सय ११ जनाले ज्यान गुमाए। यसमा २ हजार ३ सयभन्दा बढी दुर्घटनामा दुईपाङ्ग्रे परेका छन्। मृत्यु हुनेमा ४५ प्रतिशतभन्दा धेरै दुईपाङ्ग्रे सवार नै छन्।
यही सन्दर्भमा हामीले पूर्व ट्राफिक प्रहरी तथा हालै ’ट्राफिक भोलेन्टियर’ नियुक्त सीताराम हाछेथूसँग दुईपाङ्ग्रे सवारीको सुरक्षाबारे कुराकानी गर्यौं।

उनले तथ्यांकबाट कुराकानी थाले।
तीस वर्षअघि देशभर ३४ हजार दुईपाङ्ग्रे थिए। आधाभन्दा बढी बागमतीमै कुद्थे। अहिले २५ लाख दुईपाङ्ग्रे छन्। तीमध्ये नौ लाख बागमतीमै छन्। यहाँ दुईपाङ्ग्रे र अरू गरी झन्डै एघार लाख सवारी चल्छन्।

काठमाडौं उपत्यकामा दिनहुँ एउटा न एउटा दुर्घटना हुने गरेको छ। अधिकांशमा दुईपाङ्ग्रे ठूला गाडीसँग ठोक्किएका छन्। टिपर(ट्यांकरसँग, कार, बस वा ट्रकसँग। कुनै बेला आपसमै।

महिनामा दस जनासम्मले दुर्घटनामा ज्यान गुमाएका छन्। सामान्य र गम्भीर घाइते त सयौं छन्।
भयावह बन्दै गएको दुर्घटनामा साठी प्रतिशत दुईपाङ्ग्रेकै लापरबाही देखिने हाछेथूको दाबी छ।

दुईपाङ्ग्रे त्यसै पनि जोखिमपूर्ण सवारी। चालक र यात्रुलाई चोटपटक लाग्ने र मृत्यु हुने सम्भावना अन्य सवारीको तुलनामा धेरै हुन्छ। यसमा चालकको लापरबाहीले जोखिम झन् बढाइदिन्छ।

(Visited 26 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु