अक्टोबर २ देखि डीभी लोटरी, यसपटक पासपोर्ट अनिवार्य


आगामी अक्टोबर २ देखि अमेरिकाको डीभी लोटरी खुल्ने भएको छ। अक्टोबर २ तारिख न्युयोर्क समय अनुसार दिउँसो १२ बजेदेखि नोभेम्बर ५ दिउँसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाएको छ। डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्नेछ। पासपोर्ट पनि म्याद सहितको हुनुपर्नेछ। मुख्य आवेदकका हकमा पासपोर्ट आवश्यक परेपनि परिवारका अन्य सदस्यहरुको विवरण बुझाउँदा भने ती सदस्यहरुको पासपोर्ट नम्बर आवश्यक नपर्ने अमेरिकी सरकारले जनाएको छ ।

यसपटक डीभी लोटरी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, इन्डिया, पाकिस्तान, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकहरु योग्य नहुने अमेरिकी सरकारले जनाएको छ ।

डीभी कार्यक्रममा सहभागी हुनका लागि १२ वर्षको कोर्ससहित हाइस्कुल वा सो सरहको पढाई पूरा गरेको हुनुपर्छ। यदि पढाईको योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ वर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ वर्षमा २ वर्षको कामको अनुभव भएको हुनुपर्छ

(Visited 12 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु