दशैको मुखमा चितवनका २३ वर्षीय आरुष रेग्मीले यसरि छोडे संसार !


भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा आइतबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको निधन भएको छ । निधन हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आँंपटारीबाट रामनगरतर्फ जाँदै गरेको लु २ ख ६९० नम्बरको ट्रक पछाडि सोही दिशातर्फ जाँदै गरेको ना ४४ प ५०१७ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक रेग्मी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

यो पनि पढ्नुहोस : युवकमाथि गो’ली प्रहार

राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गो’ली प्र’हार गरेको छ ।
भारतीय नम्बरको मोटरसाइकलमा रहेका दुई जनाले डाक्नेश्वरी नगरपालिका–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक रोकी एक्कासि गो’ली प्रहार गरेको मण्डलले बताए । मण्डल राजविराजबाट स ११ प १३६६ नम्बरको मोटरसाइकलबाट बह्मपुरस्थित घर गइरहेका थिए ।

मण्डलको बायाँ हातको पाखुरामा गो’ली लागेर घाइते भएको अवस्थामा उपचारार्थ राति अस्पताल आएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले बताएका छन् । मण्डलको पाखुराबाट अत्यधिक र’क्तश्राव भएकाले उनलाई तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका अहेव सन्तोष मेहताले जानकारी दिनुभयो । मण्डलको उपचार धरानस्थित प्रतिष्ठानमा भइरहेको छ ।गो’ली प्रहार गरी फरार रहेका अभियुक्तको खोजीकार्य तीव्रताका साथ भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले बताउनुभयो ।

यो पनि पढ्नुहोस : दाजुलाई खु’कुरी प्रहार गरी आ’त्मह’त्या

इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खु’कुरी प्र’हार गरेर आ त्मह त्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्र हार गरेर आफूले आ त्मह त्या गरेका हुन् ।

दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासि खु कुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिनुभयो । घाइतेको बाँया आँखाको माथि कञ्चटमा का टिएको र दाहिने कानको छेउमा बाहिरी चोट लागेको छ । घटनालगत्तै पुगेको प्रहरी चौकी बन्दुकेका प्रहरीको सहयोगमा उहाँको उपचार गर्न इलाम अस्पताल ल्याइएको थियो । इलाममा उपचार सम्भव नभएपछि झापातर्फ लगिएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको छ । खुकुरी प्र हार गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा घटनास्थलदेखि करीब ३०० मिटर पर गोगुनको रुखमा झु ण्डिएर आ त्मह त्या गरेको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । श व परीक्षणका लागि इलाम अस्पतालमा ल्याइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

(Visited 11 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु