थोत्रो गद्दाका कारण रातारात लखपति भए भिखारी, यसरी पाए ६० लाख

Loading...
इमेची संवाददाता | अन्तिम पटक अपडेट गरिएको : October 30th, 2019,

एजेन्सी। कुनै पनि व्यक्तिको भाग्य बदलिन समय लाग्दैन । भाग्यले साथ दियो भने कुनै पनि मानिसको जिन्दगी रातारात बदलिन सक्छ । यस्तै भएको छ एकजना भिखारीसँग । भारतको उत्तराखण्ड राज्य हरिद्वारको रानीपुरका यी भिखारी रातारात लखपति बनेका छन् । यहाँ यस्तो विचित्र घटना भयो कि यहाँका एक भिखारीको भाग्य चम्कियो र अर्का उक व्यक्तिको जिन्दगी बर्बाद भयो । खबरअनुसार यहाँ एक पिता र उनका छोरा यी भिखारीलाई खोजीरहेका छन् ।

यी छोराले आफ्ना पितालाई नबताइ आफ्नो घरको एउटा थोत्रो गद्दा ल्याएर दरिद्र भंजन मन्दिरका एक भिखारीलाई दिएका थिए । पछि जब पिताले छोरासँग गद्दाको बारेमा सोधे त्यसपछि छोराले आफूले त्यो गद्दा भिखारीलाई दिएको बताए । यो सुन्नेबित्तिकै पिताले छोरालाई गाली गर्न थाले । वास्तवमा ती पिता आफ्नो सबै बचत गरेको पैसा त्यही गद्दाभित्र राख्ने गर्थे ।

जुन गद्दा भिखारीलाई दिएका थिए त्यही गद्दाभित्र त्यो सबै पैसा थियो । त्यहाँभित्र ४० लाख भारु थियो । यो थाहा पाउनेबित्तिकै उनीहरु दुवै जना मन्दिरमा गए जहाँ ती भिखारी थिए । तर त्यतिबेलासम्म भिखारी त्यहाँबाट गइसकेका थिए । यो घटनाको तीन दिनपछि ती बाबुछोराले ती भिखारीलाई भेटे। तर भाग्यले यहाँ पनि धोका दियो । ती भिखारीले केही पैसाको लागि त्यो गद्दा अर्का भिखारीलाई बेचिसकेका थिए । पछि त्यो गद्दा किन्ने भिखारी भने अहिलेसम्म नभेटिएको बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु