सुत्केरी हुँदा बच्चासँगै जे निस्कियो: डाक्टरको गयो सातो, बोलाए प्रहरीलाई


एजेन्सी । भारतको बिहारको हाजिपुरमा एउटा अचम्मको घ’टना सार्वजनिक भएको छ । यहाँ एक गर्भवती महिलाले बच्चालाई ज’न्म दिइन् तर जब महिलाले बच्चा ज’न्माइन् तब डाक्टरको होस उ’ड्यो । महिलाको पेटबाट बच्चासहित बन्दुकको गो’ली पनि निस्कियो । वास्तवमा हाजिपुरको सुल्तानपुरमा बस्ने रुपाले मंगलबार बेलुकी परिवारका सदस्यलाई पेट दुखेको बताइन् । जब उनीहरुले हेरे तब रुपाको पेट नजिकै एउटा घाउ देखियो । परिवारले त्यसलाई साधारण घाउ होला भनेर अस्पतालमा सुत्केरी गराउन भर्ना गरे ।

जब अस्पतालमा भर्ना भएकी रुपा सु’त्केरी भइन् तब उनको पेटबाट बच्चासँग ब’न्दुकको गो’ली पनि निस्कियो । यो देखेर डाक्टर अचम्ममा परे । उनीहरुले पुलिसलाई यसबारे जानकारी दिएर बोलाए । पुलिसको सोधपुछमा महिलाले भने, ‘जब म अबेर राती ढोकामा बसेको थिएँ तब केही आवाज आयो । के भयो भनेर कसैले बुझ्न सकेनौं । त्यसको केही बेरपछि मेरो पेट दुख्न थाल्यो ।’

‘परिवारले यसलाई प्र’सव पी’डा ठान्नुभयो र अस्पताल भर्ना गर्नुभयो ।’ यहाँ भाग्य नै भन्नुपर्छ कि गो’लीले न त बच्चालाई केही हानी पुर्यायो न नै रुपालाई केही भयो । डाक्टरले पेटमा गो’ली लागेको बताए । पेटभित्र छिरेको गो’लीले कुनै पनि आन्तरिक अंगलाई क्ष’ती भएन ।

नगर थाना हाजीपुरका एसआई परशुराम सिंहले महिलाको पेटमा गो’ली लागेको खबर पाएपछि पुलिस अस्पताल पुग्यो । आखिर गोली कसरी चल्यो र कसले चलायो भनेर अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ ।

(Visited 13 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु