प्रचण्डलाई हेग पुराउछु भन्ने लेनिन विष्टले ज्ञानेन्द्र शाहीको सुरक्षा गर्छु भनेपछी


लेनिन विष्ट चिर परिचित नाम हो,किनकी उनले प्रचण्डलाई हेग लाने कुरा निकै नै ठुलो बिषय बनेको थियो । हेगको कुरा लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई हेग लगे झनै हिरो हुने बताएका थिए । उनले थपेका थिए मलाई हेगमा पुर्याए भने त संसारका जनताले यो त न्याय र शान्तिका पक्षमा रहेछ भनेर बुझ्न पाउँछन्।’

प्रचण्डलाई हेग लान्छु भन्ने लेनिन विष्टले नेपालको लागि नेपालीले आयोजना गरेको एक कार्यक्रममा बोले ज्ञानेन्द्र शाही जस्तो भ्रष्टाचारको बिरुद्द बोल्ने र लड्ने मान्छे लाई पुर्व जनमुक्ति सेनाले सहयोग गर्ने छ । अहिले ज्ञानेन्द्र शाही लाई जही तही जान निषेध गरेको छ अब ज्ञानेन्द्र शाहीको सुरक्षा मेरो जिम्मा भयो भनेका छन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

को हुन् विष्ट ?

लेनिन विष्ट काभ्रेमा जन्मेका हुन् । काभ्रेका विष्ट २०५९ सालतिर तत्कालिन नेकपा माओवादी निकट अखिल (क्रान्तीकारी)मा संगठित भएका हुन् । अखिल क्रान्तिकारीमा संगठित विष्ट माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालिन जनमुत्ती सेनामा थपिए । माओवादीले सेना समायोजनको लागि संख्या बृद्धिको लागि थप्ना उनी जनसेना भए । तर, सेना समायोजनमा उनी अयोग्य भए । सेना सम्बन्धी ज्ञान र उमेरका कारण उनी सेन समायोजनमा परेनन् ।

यसपछि उनी बर्हिगमित पूर्व जनमुक्ति सेनाले बनाएको समूहमा सक्रिय भए । उनकै नतेृत्वमा माओवादी मुख्यालय पेरिसडाँडामा कब्जा समेत भयो । हाल उनले बर्हिगमित लडाकु संघ, नेपाल नामक गैर सरकारी संस्था बनाएका छन् । उनको संस्थाले गत निर्वाचनमा निर्वाचन परिवेक्षणको काम समेत पाएका थिए ।

समायोजनमा नपरेका सेनाहरुले ०६८ सालमा बर्हिगमित जनमुक्ति नेपालको नाममा संघर्ष समिति बनाए । जसको संयोजक किरण दंगाल थिए । पाँच महिनापछि बुटवल राष्ट्रिय भेलाबाट सागर लिम्बूलाई अध्यक्षमा चुनिए । पार्टी टुक्रिएसँगै लिम्बू मोहन वैद्यतिर लागे । यहीबीच ०६९ सालमा पेरिसडाँडा आन्दोलन भयो । पेरिसडाँडा कब्जा अभियानको नेतृत्वकर्ता मध्येका एकथिए विष्ट । त्यसपछि विष्ट अध्यक्ष भए । खासगरी माओवादी नेतृत्व बिरुद्ध सक्रिय भएपछि उनीमाथि सबैको आँखा पर्यो । खासगरी माओवादी नेतृत्वलाई हेगमा लैजानुपर्छ भनेर अभियान चलाइरहेकाहरुसँग पनि नजिक भए ।

बहिगर्मित जनमुक्ति सेना नेपालका संयोजक अर्जुन बुढाथोकीले विष्टको बारेमा जनआस्था साप्ताहिकमा लेखेका छन्, ‘आन्दोलनको नेतृत्व गर्न लेनिन विष्ट आइपुगे । यिनी आएसँगै आन्दोलन झनै भाँडियो । हामी सबै सोझा–सीधा थियौं । उनी रहेछन्, चण्डाल । ४ हजार ८ अयोग्य लडाकुको टाउको देखाएर भरण–पोषण गर्ने नाममा कहिले शिवसेना, कहिले जर्मन, अमेरिकन, स्विट्जरल्याण्ड एम्बेसी चहारेर पैसा बटुल्दा रहेछन् ।’ विष्टले अयोग्य लडाकुको नाममा कमाउने धन्दा चलाएको बुढाथोकीले आरोप लगाएका छन् । लेखेका छन्,‘एकातिर पेरिसडाँडा घेर्न आएका साथी भोकभोकै मर्ने, अर्काेतिर विभिन्न दूतावास चाहर्दै लेनिनले पैसा बटुल्ने तर फुट्या कौडी नदेखाउने गर्न थाले । अयोग्य लडाकुको नाममा पार्टी नेतृत्वले त सौतेनी व्यवहार गरेकै थियो, लेनिन विष्ट पनि थपिए । अयोग्य लडाकुको नाममा कमाउ धन्दा चलाउन थालेछ ।’

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्येक अयोग्य लडाकुको नाममा दिएको २ लाख पनि विष्टकै नेतृत्वमा अनियमितता भएको उनको आरोप छ । बुढाथोकी लेख्छन्,‘पछाडि उनी कल बाइपासको आरोपमा जेल परेपछि ६१ सदस्यीय अर्को संघर्ष समिति बन्यो मेरै नेतृत्वमा । डेढ वर्षपछि विष्ट जेलबाट छुटे । र, अयोग्य लडाकुको अध्यक्ष मै हुँ भन्दै हिँड्न थाले । यिनी माओवादी सिध्याउँछु, मलाई सहयोग गर्नुप¥यो भन्दै कहिले कनकमणि, खुमबहादुर खड्का, सुवोध प्याकुरेल, सोनी साहहरू कहाँ पुगेर रकम बटुल्थे ।’

(Visited 15 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु