‘इमेज अवार्ड’ मा स्वस्तिमा र विपिन जिते सर्वोत्कृष्ट अवार्ड


काठमाडौँ । इमेज च्यानलले विगत दुई दशकदेखि प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘टुबोर्ग इमेज अवार्ड’ यो वर्ष पनि आयोजना भएको छ । काठमाडौंको सोल्टी होटलमा आयोजना भएको कार्यक्रमको २१औं संस्करणमा नेपाली गीत, फिल्म, म्यूजिक भिडियो एवं ‘सिंगल ट्रयाक’ हरु मध्येबाट २२ विधामा स्रस्टाहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

यो वर्षको ‘इमेज अवार्ड’ मा सर्वोत्कृष्ट अभिनेतामा फिल्म ‘गोपी’ बाट विपिन कार्की र अभिनेत्रीमा फिल्म ‘बुलबुल’ बाट स्वस्तिमा खड्काले अवार्ड जितेकी छन् । तर कार्यक्रममा दुवैजना शुटिङमा ब्यस्त भएकाले अनुपस्थित थिए ।

त्यसैगरी कार्यक्रममा सर्वोत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘जात्रै जात्रा’ बाट प्रदीप भट्टराईले जितेका छन् । त्यस्तै ,‘सर्वोत्कृष्ट फिल्म गीत’ तर्फको अवार्डमा फिल्म ‘दाल भात तरकारी’ को ‘भिजिट भिसा’ गीतले पाएको छ । त्यसका साथै कार्यक्रममा कलाकार र अन्य क्षेत्रको ब्यक्तिहरुको पनि बाक्लो उपस्थिति थियो ।

(Visited 6 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु