अस्ट्रेलिया जाने सपना इन्डोनेसियामै अलपत्र,बन्धक बनाएर शारीरिक र मानसिक या*तना


फाईल फाेटाे

थोरै पैसामा सुरक्षित र छोटो समयमै समुन्द्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनादेखि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिनाउन बाध्य भइन् ।

ऋण काढेर अघिल्लो कात्तिकमा मानव तस्करमार्फत नेपालबाट भारत हुँदै इन्डोनेसिया पुगेका खत्रीसँगै ६ जनलाई अस्ट्रेलिया पुर्याउनुको साटो एक अपार्टमेन्टमा बन्धक बनाइयो । इन्डोनेसियामा बन्दक बनाइएका उनीहरुले शारीरिक र मानसिक या*तनासमेत बेहोर्नुपर्यो ।

मानव त*स्करका दलालहरुले चर्को यातना दिएर उनीहरुलाई अस्ट्रेलियाको बोर्डर पुगेको भन्दै घरबाट थप पैसा मगाउन दबाब दिन थाले । घरबाट पैसा मगाउन नसकेपछि दलालले उनीहरुलाई इन्डोनेसिया अध्यागमनको जिम्म लगाए । सात महिना लामो कानुनी प्रक्रिया पूरा गरी उनीहरू हालै नेपाल फर्किएपछि यो विषय बाहिर आएको हो। यो समाचार आजको नागरिक दैनिकमा हरिकृष्ण गौतमले लेखेका छन् ।

(Visited 3 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु