पर्यटनमन्त्री आफ्ना निर्णबाट पछि हटे ! राष्ट्रिय गानबिना नै पशुपतिमा गंगा आरती जारी


काठमाडौं । सरकारले दुई साताअघि पशुपतिनाथको मन्दिर तथा आर्यघाटमा हुने गंगा आरतीमा राष्ट्रिय गान बजाउनैपर्ने दबाब दिएको भए पनि सरकार अघोषित रुपमा लचिलो भएको पाइएको छ ।

आर्यघाटमा गंगा आरतीमा राष्ट्रिय गान गाउनुपर्ने भनिएपछि सो सम्बन्धी आरती समितिको आकस्मिक बैठकले दुई साताअघि त्यसरी राष्ट्रिय गान गाउनुपर्ने भए आफूले आरती नै स्थगित गर्ने जनाएको थियो । अहिले पछि राष्ट्रिय गान नबजाई आरती भइरहेको छ ।

फाइल तस्विर ।

पशुपति गंगा आरती समितिका अध्यक्ष जनार्दन अधिकारीले आइतबार बिहान भने,‘‘हामीले आरतीमा राष्ट्रिय गान गाउन अप्ठेरो पर्यो भनेर पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई भेटेर भनेका थियौं । उहाँले ‘माथि सल्लाह’ गरेर खबर गर्छु भन्नु भएको थियो । अझै खबर गर्नु भएको छैन । त्यही भएर हामीले पनि राष्ट्रिय गानबिना आरती भने निरन्तर गरिरहेका छौं ।’’

आरतीमा सहभागीहरुले संवेदनशील धार्मिक क्षेत्रमा सरकारले अनावश्यक रुपमा हस्तक्षेप गरेको यसअघि आरोप लगाएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विभिन्न स्थानमा राष्ट्रिय गान गाउनुपर्ने आदेश दिएपछि समस्या उत्पन्न भएको थियो ।

(Visited 6 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु