देउवाप्रति भद्धा मजाक गर्ने राष्ट्रपतिलाई आइलाग्यो आपत, सामाजिक सञ्जालमा उल्टै लखेटिइन् !

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी अहिले आलोचनाको सिकार बनिरहेकी छिन् । कांग्रेस सभापति शेरबहादुर देउवामाथि व्यंग्य गरेपछि उनको आलोचना भएको हो । राष्ट्रपति व्यक्ती मात्र नभएर संस्था समेत हो । देउवाको शारिरिक कमजोरी माथि भद्धा मजाक गरेको भन्दै सामाजिक संजाल प्रयोग कर्ताले भण्डारीको आलोचना गरिरहेका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले ‘गणेशमान सिंह जन आन्दोलन स्वर्ण पदक विभुषण तथा अभिनन्दन कार्यक्रम’मा भण्डारी प्रमुख अतिथी थिइन् । कार्यक्रमलाई देउवाले समेत सम्बोधन गरेका थिए । कम्युनिष्ट सरकारको खरो आलोचना गरेका देउवाको बोली भण्डारीले नबुझेको टिप्पणी गरेकी थिइन् ।
के भनेका थिए देउवाले ?
देउवाले वर्तमान सरकार कार्यान्वयन पक्षमा अल्मलिएको आरोप लगाए। सभापति देउवाले संविधानले ग्यारेन्टी गरेको विषयलाई उल्टाउने प्रयास भइरहेको आरोपसमेत लगाएका थिए। मिडिया काउन्सिल विधेयक ल्याएर बोल्न नपाउने गरी डण्डा देखाउने काम भएको भन्दै उनले कुनै पनि निहुँमा जनताको स्वतन्त्रता र मानव अधिकार खोस्न नपाइने बताएका थिए । सरकारले आफ्नै मन्त्रीलाई विश्वास नगरेको उनको आरोप थियो । ‘आफ्नै मन्त्रीलाई विश्वास गर्न नसक्नेले कसरी देश चलाउँछन्,’ उनले भनेका थिए ।
उनले आफूहरुले सहयोग गर्न चाहेको बताए। त्यसकारणले नै कांग्रेसले संसदमा उच्छृंखल गतिविधि नगरेको उनले प्रष्ट पारे। संसदमा यस्ता हर्कत नगरेकोमा सरकारले हेप्न नहुने उनको तर्क थियो। ‘हामीले सरकारले राम्रो काम गरोस् भनेर सहयोग गरिरहेका छौं। रेलिङ भाँच्ने, कूर्सी फोड्ने काम गरेका छैनौं। त्यसरी सह्यो भनेर हामीलाई हेप्ने ?’
राष्ट्रपतिको भद्धा मजाक
देउवाले वोलिरहँदा दर्शकदीर्घाबाट गड्गडाहट्सहित ताली बजेको थियो । तर, भण्डारीले भने देउवाको बोली नबुझेको र मिडियाबाट थाहा पाइएला भन्दै व्यंग्य गरेकी थिइन् । ‘नेताहरुले जोशिएर बोल्नुभयो। फ्लोरबाट राम्रो स्वागत भयो । राम्रो बोल्नुभयो जस्तो लाग्यो। तर, के बोल्नुभयो भन्ने कुरा आम रुपमा बुझिएन। कान सुनिएन। अब मिडियाबाट थाह पाइएला,’ उनले भनिन् ।
सामाजिक सञ्जालमा चर्को आलोचना
सामाजिक सञ्जालमा भण्डारीले देउवाको शारिरिक कमजोरी माथि व्यंग्य गरेको भन्दै आलोचना भइरहेको छ । ट्वीटर प्रयोगकर्ताले राष्ट्रपतिले आफ्नो पदिय मर्यादा समेत भुलेको बताएका छन् । शारिरिक अवस्थाको बारेमा टिप्पणी गर्ने जो सुकै भएपनि ब्रजस्वाँठ भएको केहीको प्रतिक्रिया छ । तत्कालिन नेकपा एमालेको उपाध्यक्ष रहेकी उनले सरकारको आलोचना सुन्न नसकेर देउवा प्रति व्यंग्य गरेर ‘म्याउ’ गरेको कसैको अरोप छ ।
हेर्नुहोस्, भण्डारीको आलोचना गरेका केही ट्वीट
चाहे त्यो जोसुकै होस्, कुनै पनि व्यक्तिको शारीरिक कमजोरी, बोलीजन्य कमजोरी, स्वास्थ्य अवस्थाका बारेमा टिप्पणीका विषय बनाउने स्वाँठमात्र होइन, बज्रस्वाँठ नै हुन्।
— Gajendra Budhathoki♿ ?? (@gbudhathoki) September 20, 2019
राष्ट्रपतिले आफ्नो पदको गम्भीरता नबुझेकै हो ?
— D-न डाक्टर । (@Dinesh30np) September 20, 2019
पटकपटक करेण्टका तारले बिरोलिदिएको जिब्रो बाेल्दा फड्कारिदैनन्,
चुँडिएपछि कृतिम हालिएको गोडा सर्साउँदाका जस्तो दुगुर्न सक्दैनन् ।
मतलव फेरिएका अंगले आफ्नै जस्तो काम गर्दैनन्
तर कसैकाे शारिरीक अवस्था खिसिट्युरीकाे विषय हाेईन ।तपाईंलाईं यत्ति पनि थाहा छैन ?
— राम्रो म (@laxmanKarki1) September 20, 2019
राष्ट्रपति विध्या भण्डारीले आज आएर म्याउँ गरेरै छाड्नुभएछ । #भद्दामजाक
— Girish Pokhrel (@jaya_hos) September 20, 2019
प्रतिकृया दिनुहोस्