धान दिवसका भाईरल तस्वीर, धानको बिउले लुकाइयो गोप्य अंग, ग्लोभ्स लगाएर हिले गह्राको डिलमा


काठमाडौं । आइतबार असार १५ राष्ट्रिय धान दिवस । नेपालको प्रमुख खाद्यन्न बाली धानको उत्पादकत्व बढाउन सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निर्णय गरेपछि सरकारी कार्यालयकै अगुवामा आइतबार देशभर धान दिवस खेतमा धान रोपेर मनाइयो ।

यो जमाना सेल्फिको पनि हो । यसरी धान दिवसको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्नका लागि भए पनि कपितय हातमा बिउ लिएर हिले गह्रा नजिकैसम्म पुगे । नेकपा सांसद नवराज सिलवाल हातमा ग्लोभ्स लगाएर हिले गह्रा नजिकै पुगेर उनले खिचाएको तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गोरु नै समातेका छन् । भट्टराईका रोपाईँ तस्वीर पनि सामाजिक सञ्जालमा भाइूरल भएका छन् ।

र यसै मेसोमा एक मोड्लिंग तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । एक मोडल (नाम खुल्न सकेको छैन, कसले तस्वीर लिएको हो त्यो पनि खुलेको छैन) धानको बिउले गोप्य अंग ढाकेको देख्न सकिन्छ ।

(Visited 26 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु