दसैँमा गाउँ फर्केर सरकारको राम्रो कामको प्रचार गर्नुहोस: प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूलाई सरकारका राम्रा कामको बारेमा चर्चा गर्न निर्देशन दिएका छन् ।

शनिबार बसेको संसदीय दलको बैठकमा नेकपा अध्यक्षसमेत रहेका ओलीले दसैंतिहारमा जिल्ला जाँदा जनतालाई सरकारका राम्रा कामको बारेमा जानकारी दिन निर्देशन दिएका हुन् ।

सरकारले संविधान कार्यान्वयनका लागि नभई नहुने कानुनहरू बनाउनुका साथै विकास निर्माणका कामहरू गरिरहेको तर केही मानिसले भ्रम छरेले जनतालाई वास्तविता पताउनु पर्ने भन्दै उनले उक्त निर्देशन दिएका हुन् ।

“पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको छ तर, अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ” ओलीले भने, “त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन्। त्यसपछि स्थानीयतहलाई निर्देशित गर्न पनि सजिलो हुन्छ।” ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने,सांसदहरूलाई विभिन्न विषयमा प्रशिक्षित गरिने बताएका छन्।

उनले परिर्वतनका लागि भूमिका नै नखेलेकोहरूले अहिले सामाजिक सञ्जालमा नियोजित प्रचार गरिरहेको भन्दै जनतालाई बुझाउनुपर्ने धारणा राखेका थिए । ओलीले सरकार अब विकासको गतिमा अगाडि बढेकाले विकासको गतिलाई जति भ्रम फैलाए पनि कसैले रोक्‍न नसक्‍ने बताएका थिए ।

(Visited 9 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु