ब्लड प्रेसरका रोगीले यी खानेकुरा खानुहोस्, हुन्छ फाइदै फाइदा

Loading...
ईमेची डेक्स | अन्तिम पटक अपडेट गरिएको : October 24th, 2019,

काठमाडौं । खानपान र जीवनशैलीका कारण रक्तचापका विरामी बढ्न थालेका छन् । रक्तचाप बढेसँगै यसले शरीरमा विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउने गर्छ । जस कारण रक्तचाप बढ्न नदिन समयमै सावधानी अपनाउनु आवश्यक छ । विशेषगरि खानपान र जीवनशैलीमा ध्यान दिनु आवश्यक छ । रक्तचापमा विरामीले एकैपटक धेरै खानेकुरा खानु हुँदैन भने मसाला तथा तेलमा तारेको खानेकुरा खान छोड्नु पर्छ ।

सकभर फलफूल र तरकारीको मात्रा बढी खाँदा फाइदा हुन्छ भने लसुन, प्याज, भटमासको सेवन लाभदायिका हुन्छ । भोजनमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुनु पर्दछ ।

नुनको सेवन कम गर्ने, चिनी, क्याफिन, चक्लेट, जंक फूड खान नियन्त्रण गर्ने, दैनिक १० गिलासजति पानी पिउने वा झोलिलो खानेकुरा प्रशस्त खाने गर्नुपर्छ । जौ, गहुँको पिठो, मुङ्ग, अंकुरित दाल आदिको सेवन गर्नुपर्दछ । जुवानो, अदुवा पनि नियमित खाए फाइदा पुग्दछ ।

दाइजोमा १ करोड नदिएको भन्दै विवाहको मण्डप नै छाडेर हिडे यि दुलाहा, दुलहीले हालिदिइन मुद्धा

एजेन्सी- दुलहाले दाइजोमा १ करोड भारु नपाएपछि विवाह तोडेर हिडेका छन्। यो अचम्मको घटना भारत उत्तर प्रदेशस्थिती ग्रेटर नोयडाको ।पुलिसले यो मामलामा ३२ वर्षका एक व्यक्तिसहित अन्य १० जनाविरुद्ध मुद्दा दर्ता गरेकोसमाचारमा जनाइएको छ ।

दुलही पुलिसमा अक्षय गुप्ता, उनका पिता विजय कुमार, आमा रजनी गुप्ता र अन्य सातजनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् । दुलही दिल्लीको एउटा बैंकमा काम गर्छिन् ।

अक्षय एक व्यापारी हुन् र आफ्नो आमा–बुवासँग बस्छन् । पीडित महिलाका अनुसार जब विवाह निश्चित भयो तबदेखि नै उनीहरु दाइजोको काम गरिरहेका थिए । उनले सुरुमा ६ दाजुभाइका लागि सुनको सिक्का, आमा–बुवाका लागि सुनको सिक्री र पाँचतारे होटलमा पार्टी दिनुपर्ने माग गरेको र यो तर विवाहको दुई दिनअघि मात्रै उनकी आमाले फोन गरेर एक करोड नगद दिनुपर्ने बताउकी थिइन् । तर बिहेको दिन एक करोड दिन नसकेपछि वाह मण्डप छोडेर गएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु