गोरखा केन्द्रबिन्दु भएर भूकम्प, स्थानीयहरु त्रसित


काठमाडौं । गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ ।

र यो पनि पढ्नुहोस्

शास्त्रले भन्छ – झुक्किएर पनि यी तीन समयमा नसुत्नु

शास्त्र अनुसार, हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पु¥याउनुपर्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पु¥याउनुको साथै हानिकारक मानिन्छ । यी हुन् सुत्नै नहुने तीन समय

घाम झुल्किएपछि
शास्त्र अनुसार, घाम झुल्किएपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी रिसाउँछिन् । त्यसरी सुत्ने ब्यक्तिहरु जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । मानसिक तनाव हुने मात्र होइन, स्वास्थ्य पनि राम्रो हुँदैन ।

मध्यान्नको समय
मध्यान्नको समयमा पनि कहिल्यै सुत्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । विशेषगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी बढ्ने समस्या देखिन्छ । शात्र अनुसार मध्यान्नमा सुत्ने मानिस रोगी हुन्छ ।

घाम अस्ताउने बेला
घाम अस्ताउने बेला पनि कहिल्यै सुत्नु हुँदैन । शास्त्र अनुसार घाम अस्ताउने समय भनेको पुजा अर्चना गर्ने समय हो । विनाकारण यो समयमा सुत्ने व्यक्तिले कहिल्यै सफलता पाउन सक्दैन ।

(Visited 5 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु