देउवालाई लक्षित गर्दै राष्ट्रपतिले भनिन् : बोलेको बुझिएन, सभा गृहमा गुञ्जियो हाँसो (भिडियो)


काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई इङ्गित गर्दै बोलेको नबुझिएको टिप्पणी गरेकी छिन्।

गणेशमान स्मृति प्रतिष्ठानले पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई मर’णो’परान्त जनआन्दोलन स्वर्ण पदक प्रदान गर्ने कार्यक्रम राखेको थियो।

राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा राष्ट्रपतिलाई प्रमुख अतिथी बनाइएको थियो। राष्ट्रपतिले सम्बोधन गर्नु अघि कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिए। देउवा लगत्तै बोल्न पुगेकी राष्ट्रपति भण्डारीले ‘सभा हलमा बोलेको नबुझिने रहेछ’ भन्दै घुमाउरो टिप्पणी गरिन्।

देउवालाई तालीको गडगडाहट, तर राष्ट्रपतिको भने व्य’ङ्ग्य

कांग्रेस सभापति देउवाले सम्बोधन गरिरहँदा दर्शकदीर्घाबाट ताली पायो। सरकारप्रति लक्षित उनका प्रत्येक प्रश्नमा गड्गडाहट्सहित ताली बज्यो।

प्राय कार्यक्रममा ‘अफ मुड’मा देखिने देउवा ताली पाएपछि भने खुसीले गद्गद् हुँदै मञ्चको अगाडिसम्मै आइपुगे र हात हल्लाएर आसनमा पुगे।

लगत्तै राष्ट्रपति भण्डारीलाई निम्त्याइयो पोडियममा। पोडियममा पुग्नेबित्तिकै राष्ट्रपति भण्डारीले देउवातिर लक्षित गर्दै बोलेको नबुझेको र मिडियाबाट थाहा पाउने आशय व्यक्त गरिन्।

‘सुझावका रुपमा कुरा राख्छु। यो मञ्चमा वक्ताले बोलेको केही नबुझ्ने रहेछ। नेताहरुले जोशिएर बोल्नुभयो। फ्लोरबाट राम्रो स्वागत भयो,’ भण्डारीले भनिन्, ‘ताली बज्यो। राम्रो बोल्नुभयो जस्तो लाग्यो। तर, के बोल्नुभयो भन्ने कुरा आम रुपमा बुझिएन। कान सुनिएन। अब मिडियाबाट थाह पाइएला।’

बेलबेलामा विवादमा आइरहने राष्ट्रपतिको यो सानो बोली पनि अहिले सामाजिक सञ्जालमा बहसको रुपमा अगाडी बढीरहेको छ । केही व्यक्तिहरुले देशको सर्वोच्च पदमा रहेको व्यक्तिले यसरी टीप्पणी गरेको सुहाएन भनिरहेका छन् । भने केही व्यक्तीहरुले राष्ट्रपतिको कुरामा होमा हैसै थपिरहेका छन् ।

हेर्नुहोस् भिडियो –

(Visited 28 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु