९ घटनाः बलिउड सुपरस्टारले सताएपछि छिमेकीले पुलिस बोलाए


बलिउडका लगभग सबैजसो फिल्महरु नेपालमा रिलिज हुन्छन् । यही कारण बलिउड सुपरस्टारका फ्यानहरु नेपालमा ठूलो संख्यामा छन् । फ्यानहरुलाई आफ्ना मन पर्ने स्टारको बारेमा जानकारी लिन निकै रूचि रहेका हुन्छन् ।

ती फ्यानहरु आफ्नो मन पर्ने सुपरस्टारको बारेमा नराम्रो सुन्न चाहँदैनन् । उनीहरुका छिमेकीहरु भने सुपरस्टारका कारण कैयौं पटक हैरान भएका छन् ।

लमान खानः सलमान खानको पनवेलमा एउटा फार्महाउस छ । आफ्नो पार्टीको क्रममा सलमानले आफ्नोसँगै छिमेकीको क्षेत्र पनि बन्द गराइदिन्छन् । यही कारण उनका छिमेकीले उनीविरुद्ध पुलिसमा उ*जुरी गरेका थिए । उनीहरुले सलमानका कारण आफूहरु आफ्नै घरमा जान नपाएको बताएका थिए ।

शाहिद कपूरः शाहिद कपूरको जुहूको घर मर्मत हुन २ महिना लागेको थियो । घर बनाउँदै भएको आवाजले छिमेकी हैरान भएका थिए । बताइएअनुसार उनको घरमा काम गर्ने मजदूरले छिमेकीको घरको भित्तामा पिसाब गरिदिन्थे । यही कारण शाहिदका छिमेकीले उनीविरु*द्ध उजुरी दर्ता गराएका थिए ।

णवीर कपूरः कटरिना कैफसँग आफ्नो ब्रेकअपपछि रणवीर कपूरले धेरै पार्टी गरेका थिए । यी पार्टीहरु बिहान ४ बजेसम्म चल्थे । रणवीरका छिमेकीले म्युजिक कम गर्न निकै आग्रह गर्दा पनि उनले नमानेपछि छिमेकीहरुले उनीविरुद्ध पुलिसमा उडजुरी गर्ने धम्की दिएका थिए ।

करिना कपूरः बलिउडकी चर्चित अभिनेत्री करिनाले एकपटक आफ्नो घरमा आफ्नो फिल्म ‘की एण्ड का’को स्क्रिनिङ राखेकी थिइन् । फिल्म हेर्नको लागि उनको घरमा बलिउड सुपरस्टारको भीड नै लाग्यो । त्यसपछि पार्टी रातभर चल्यो । रातभर पार्टीको हो*हल्लाले हैरान भएका छिमेकीले पार्टी रोक्नको लागि पुलिस बोलाएका थिए ।

रानी मुखर्जीः रानी मुखर्जीका छिमेकीका अनुसार रानीको परिवार सोसाइटीको लिफ्टलाई आफ्नो निजी प्रयोजनको लागि मात्र भएको मान्थे । यही कारण अरुले लिफ्ट प्रयोग गर्न पाउँदैनथे । रानीविरुद्ध कुनै उ*जुरी त दर्ता गराइएन तर उनको कारण उनका छिमेकी निकै हैरान भएका थिए ।
आदित्य पंचोलीः एक पटक आदित्य पंचोलीका छिमेकीले पुलिसमा उनको उ*जुरी गरेका थिए किनकि आदित्यले उनको नाक भाँ*चिदिएका थिए । प्रतीक निरज पसरानी नामका ती छिमेकीको पार्किङमा आदित्यको घरमा आएका एक पाहुनाले आफ्नो कार पार्क गरेका थिए । त्यो कार हटाउन पठाउँदा प्रतीक र आदित्यको बीचमा बहस भयो र कुरा बढ्दै जाँदा आदित्यले प्रतीकमाथि आ*क्रमण गरेका थिए ।

ऐश्वर्या रायः ऐश्वर्या राउ सलमानसँग सम्बन्धमा हुँदा लोखंडवालामा बस्थिन् । एक दिन साँझ सलमानले ऐश्वर्याको घरबाहिर निकै नाटक गरेका थिए । लमानले ढोका ढक्ढक्याउँदै ह*ल्ला गरिरहे तर ऐश्वर्याले ढोका खोलिनन् । ऐश्वर्याका छिमेकी यो झगडाबाट दिक्क भएपछि उनीवि*रुद्ध उ*जुरी दर्ता गरेका थिए ।

शक्ति कपूरः शक्ति कपूरविरुद्ध एकपटक लिफ्टमा विसाब गरेको र बिल्डिङको करिडोरमा नाङगै घुमेको आ*रोप लगाउँदै उजुरी परेको थियो । यो सबै धेरै पहिले भएको थियो र शक्तिले आफ्नो गल्ती पनि मानेका थिए । शक्तिका अनुसार अहिले उनी आफ्ना छिमेकीसँग खुसीसाथ रहन्छन् ।

प्रिती जिन्टाः सन् २०१५ मा प्रितीका छिमेकीले उनले आफ्नो स्टार स्टाटसको गलत उपयोग गरिरहेको भन्दै पुलिसमा उजुरी दिएका थिए । छिमेकीका अनुसार प्रिती सोसाइटीको बगैंचामा घुम्न जाँदा आफ्ना बाउन्सर पनि साथमा लिएर जान्थिन् । ती बाउन्सरले बालबालिकाहरुलाई बगैंचामा जान दिँदैनथे ।

(Visited 8 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु