कार्डको लोभमा अंकल समानका युवकहरुसँग बिहे गर्छन् २५ बर्ष ननाघेका नेपाली युवतीहरु


२६ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग –२४ वर्षे युवतीको ५२ वर्षीय कोरियालीसँग –३२ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग –३१ वर्षे युवतीको ५० वर्षीय हंकङेलीसँग –५३ वर्षे पुरुषको ७१ वर्षीया क्यानडेलीसँग –२६ वर्षे पुरुषको ४८ वर्षीया जर्जियालीसँग

पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् । पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग झण्डै एक दर्जन विवाह भएको छ । त्यसरी बिहे गर्नेमा महिला बढी छन् । ५० वर्षमाथिका मात्रै १५ जनाले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् ।

अस्वाभाविक उमेर अन्तरः –२६ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग –२४ वर्षे युवतीको ५२ वर्षीय कोरियालीसँग –३२ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग –३१ वर्षे युवतीको ५० वर्षीय हंकङेलीसँग –५३ वर्षे पुरुषको ७१ वर्षीया क्यानडेलीसँग –२६ वर्षे पुरुषको ४८ वर्षीया जर्जियालीसँग बिहे गरेका छन् । यसका साथसाथै मान्छे बुढै भएपनि अमेरिका अष्टेलिया छन भने बिहे गर्न तम्सिन्छन् भर्खरका युवती ।

०७५ भदौमा मुलुकी देवानी संहिता लागू भएपछि जिल्ला अदालतमा विवाह दर्ता हुन थालेकोे हो । त्यसअघि विवाह दर्ता सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा हुने गथ्र्यो । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

यो पनि पढ्नुहोस : सकारात्मक सहमती-विदेशी बुहारीलाई सात र ज्वाइँलाई १५ वर्षमा नागरिकता

काठमाडौं, नेपाल बिदेशी बुहारीलाई बिहे गरेर आएको ७ बर्षपछि र बिदेशी ज्वाईलाई १५ बर्षपछि मात्र नेपाली नागरिकता दिने विषयमा संसदको समितिले सहमती गरेको छ । नयाँ सहमतीको बाबुराम भट्टराई र महन्थ ठाकुरको पार्टीले भने बिरोध जनाएको छ । भारतीयले नेपाली नागरिकता ढिलो पाउने भन्दै बाबुराम भट्टराई र उपेन्द्र यादप अध्यक्ष रहेको समाजवादी पार्टि र महन्थ ठाकुरको राजपाले भने बिरोध जनाएको छ ।

नेपाली नागरिकता झुक्याएर लिने बिदेशीलाई कारवाही कडा गर्ने प्रावधानमा समेत बिरोध जनाएको यो दुई पार्टीले भारतीयले सहज रुपमा नेपाली नागरिकता लिन पाउनुपर्ने राष्ट्रघाती माग र प्रावधान राख्न दवाव दिंदै आएको छ ।

नेपाल नागरिकता ऐन ०६३ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन तयार भएर पास हुन भने शुक्रबार समाजवादी पार्टिका रामसहायप्रसाद यादव देखी काँग्रेसका दिलेन्द्र बडु, अमरेशकुमार सिंह सहित राजपाका राजकिशोर यादव र नेमकिपाका प्रेम सुवालले रोकेका छन् । शंकास्पद रुपमा एकदिनको समय माग गर्दै रामसहायप्रसाद यादवले राखेको प्रस्तावमा अन्य सांसदले सहमती जनाउँदै पास गर्नबाट रोकेका हुन् ।

गृह मन्त्रालयले गत साउनमा संसद्मा दर्ता गराएको विधेयकमा वैवाहिक अंगीकृत बाहेकका विषय करिब करिब टुंगिइसकेका छन् । केही दफाहरुमा सहमति भइसकेको छ भने केही दफाहरुमा सामान्य संशोधनको सुझाव सांसदहरुले राखेका छन् । संशोधन विधेयकमाथिको छलफलमा सांसदहरुले राखेको धारणा, विधेयकमा सहमति भएका दफाहरु समेटेर विधेयकको प्रतिवेदन तयार गरिएको हो ।

समिति सभापति शशी श्रेष्ठले शुक्रबार नै विधेयकमाथिको छलफल टुंग्याएर प्रतिवेदनलाई अन्तिम रुप दिने प्रयास गरेकी थिइन् । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टी र सत्तारुढ समाजवादी पार्टीका सांसदहरुले थप छलफलका लागि एक दिनको समय मागेपछि बैठक शनिबार बिहान आठ बजे बस्नेगरी टुंगियो । सभापति श्रेष्ठसहित सत्तारुढ दल शनिबारको बैठकबाट नागरिकता विधेयकमाथिको छलफल टुंगो लगाउनुपर्ने अडानमा छिन् ।

विवादित वैवाहिक अंगीकृत नागरिकताको विषयमा पनि सांसदहरुले उठाएका चासोलाई सम्बोधन गरेर प्रतिवेदन तयार गरिएको छ । शुक्रबारको समिति बैठकमा प्रतिवेदन पढेर सुनाइएको थियो । समितिमा रहेका सदस्यहरुले प्रतिवेदन अध्ययन र सोबारे आ–आफ्नो पार्टीभित्र छलफलका लागि एक दिनको समय मागेका छन् ।

समिति सभापति श्रेष्ठले समितिमा टुंग्याइएको विषय नै प्रतिवेदनमा भएको भन्दै थप छलफल आवश्यक नभएको भन्दै छलफल नलम्ब्याउन आग्रह गरेकी थिइन् । भदौ ५ गते सो विधेयक दफावार छलफलका लागि राज्यव्यवस्था समितिमा पठाइएको थियो । समितिमा विधेयकका विषयमा शुक्रबारसम्ममा १३९ पटक बैठक बसिसकेको छ ।

(Visited 19 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु