दशैको मुखैमा खाना पकाउने ग्यासको मुल्य घट्यो अब गृहणीलाई राहत


नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो।

निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए। अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रति किलोलिटर ५० डलरले घटाएको छ। अब हवाई इन्धन (वाह्य)तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ।

निगमले यसअघि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो। पाइपलाइनमार्फत डिजेल आउन थालेपछि पेट्रोलियम पदार्थको मूल्य घटाइए पनि हवाई इन्धन र ग्यासको मूल्य यथावत राखिएको थियो।

दशै‌मा लाइन बस्नु पर्दैन ।

प्रायः दशैंअघि र पछि देशभरका पम्पहरुमा उपभोक्ताको लामो लाइन लाग्छ । नेपाल आयल निगमले दशैंमा आफ्ना तेल डिपोहरु बन्द गर्दा यस्तो समस्या वर्षैपिच्छे दोहोरिने गर्छ । आयल निगमले यो वर्ष तेलको लाइन नलाग्ने गरी डिपोहरुको व्यवस्थापन गर्ने दावी गरेको छ ।

(Visited 23 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु