संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा फहराइने !


काठमाडौं । संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा झलमलाइँदै (लाइट अप) छ। स्थानीय समय अनुसार राती ९:१० बजे बुर्ज खलिफामा झन्डा झलमल्याइन लागेको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ।‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्थानीय समयानुसार आज साँझ ९:१० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक झलमलाइँदै,’ राजदूतावासको फेसबुक पेज मा लेखिएको छ।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। हरेक वर्ष असोज तीनलाई संविधान र राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।बुर्ज खलिफामा राष्ट्रिय झण्डा फहरिने भएपछि यहाँ कार्यरत नेपालीले खुशी व्यक्त गरेका छन्।शुक्रबार यहाँ सार्वजनिक विदा भएकाले पनि धेरै नेपालीले बुजै खलिफा जाने योजना बनाएका छन् ।कतिपयले सामाजिक संजालमा छिमेकी देशको झण्डा फहरिदा मन कटक्क हुने गरेको तर आफ्नो देशको झण्डा फहरिने भएपछि गौरव महसुस भएको उल्लेख गरेका छन् ।यसैबीच, नेपालको संविधान दिवसको अवसरमा बिहीबार दूतावासमा समेत झण्डोत्तोलन तथा दीप प्रज्ज्वलन गरिएको छ ।शुक्रबार यूएईमा रहेका नेपाली संघसस्थाको उपस्थितिमा दूतावासमै कार्यक्रमसमेत गरिँदै छ ।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु