जानकी मन्दिर पछि पशुपति क्षेत्रमा पनि भेटियाे ब*म


काठमाडौँ -देशमा संविधान तथा राष्ट्रिय दिवस धुमधामसँग मनाइएको बेलामा पशुपतिनाथमा शं’कास्पद वस्तु फेला परेको छ ।

शुक्रबार साँझ पशुपतिनाथको पश्चिम गेटबाहिर ब’म जस्तो देखिने शं’कास्पद वस्तु फेला परेको हो । पशुपति विकास कोषको सरसफाई कक्षको धारमा कपडामा बेरेर राखिएको वस्तु ब’म भएको आशंका गरिएको छ ।

शंका’स्पद वस्तु भेटिएपछि त्यस क्षेत्र वरिपरी सुरक्षा फौज परिचालन गरिएको छ । शंका’स्पद वस्तु ब’म हो कि होइन भन्ने पहिचान गर्ने प्रयास भइरहेको परिसरले बतायो ।

आजै जनकपुरको धार्मिक धरोहरको रुपमा रहेको जनकपुरको जानकी मन्दिरमा ब*म राखिएको हल्ला फैलिएपछि करिब एक घन्टादेखि मन्दिर खालि गराइएको थियो ।

प्रहरीको बाक्लो उपस्थितिमा मन्दिर भित्रबाट पुजारी र मन्दिरको प्राङ्गणमा व्यापारी व्यवसायी र श्रद्धालु भक्तजनहरुलाई समेत मन्दिर परिसरबाट हटाइएको थिियो । मन्दिर स्रोतका अनुसार प्रहरीलाई मन्दिरमा ब*म रहेको भनी कसैले फोन गरेपछि एकाएक मन्दिर नै खाली गराई खोजी कार्य जारी रहेको बताइएको छ ।

यता प्रहरीले केही आधुनिक यन्त्र लिएर समेत खोजी कार्य जारी राखेको एक प्रहरीले बताए । तर यसबारे प्रहरीले भने हालसम्म पु*ष्टि गरेको छैन ।

यद्यपि, प्रदेश नम्बर २ का प्रदेश प्रहरी प्रमुख प्रध्युम्न कार्कीले जानकी मन्दिरमा कसैले ब*मको हल्ला फैलाएको र प्रहरीले खोजी गर्दा केही पनि नभेटेको बताए । ब*मको हल्ला चलेको भने उनले पुष्टि गरे । बम खोज्नका लागि प्रहरीले दुईवटा प्रशिक्षित कुकुर र आधुनिक यन्त्र लिएर करिब २ घन्टा सम्म खोजी कार्य गरेको थियो

(Visited 80 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु