चितवन जिल्ला अदालतले आ*त्मह*त्या दु*रुसा*हन को अभि*योगमा कै*द सजाय सुनायो


चितवन – आ*त्मह*त्या दुरुत्सा*हनको मुद्दामा जिल्ला अदालत चितवनले एक जनालाई ६ महिना कै*द सजाय ताेकेकाे छ । मुद्दा फैसला भएको घटनामा अदालतले मुख्य प्रमाणका रुपमा मृ*तक युवती र उनका श्रीमानबीच मोबाइलमार्फत भएका कुरालाई प्रमाणको रुपमा लिएको छ ।

२०७५ फागुन १३ गते चितवनको खैरहनी नगरपालिका वडा नम्बर–२, मा एक युवतीले आ*त्मह*त्या गरेकी थिइन् । छोरीको आ*त्मह*त्या नभई आ*त्मह*त्या गर्न प्रेरित गरेको भन्दै माइती पक्षकी आमा दुर्गादेवी थापा बस्नेतले प्रहरीमा जाहेरी दिनुभएको थियो ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मुद्दामा एक आरोपितलाई ६ महिना कै*द र अन्य तीन आरोपितलाई सफाइ दिएको छ । मुद्दा परेको ६ महिनापछि अदालतले यस मुद्दाको टुंगो लगाएको हो । यस घटनामा मृ*तकले कुनै सुसा*इड नोट समेत नबनाएको अदालतले जनाएको छ ।

२०७५ असारमा सन्जोग गिरी र विविता बस्नेतको भागी विवाह भएको थियो । बिहेपछि भदौमा सन्जोग रोजगारीका लागि दुबई गएका थिए । छोराबुहारीबीच फोनमा सन्देश, भिडियो संवाद हुने गरेको बुबा गोपाल गिरीले बताउनु भएको छ ।बिहेको केही समयपछि उनीहरुबीच झगडा सुरू भयो । विदेशमा रहेका श्रीमान् र विविताबीचको फोनको झ*गडाले गर्दा विविताले फागुन १३ गते घरमा झु*न्डिएर आ*त्मह*त्या गरिन् ।

अनुसन्धानको क्रममा श्रीमान–श्रीमतीबीच भएको भिडियो र सन्देश आदानप्रदान प्रमाणका रुपमा लिइएको छ । दुवै जनाबीच सम्बन्ध नै टुंग्याउनेसम्मको झ*गडा भएको र आफ्नो परिवारले नस्वीकार्ने भन्दै श्रीमानले विदेशबाट भनेको पाइएको बताइएको छ ।

आत्महत्याका लागि प्रेरित गरेको मुख्य आरोपित रहेका सन्जोग गिरीविरूद्ध ६ महिना कै*द, १ लाख क्षतिपूर्ति भराउने र ५ हजार जरिबाना गराउने फैसला भएको हो । आरोपित सासू, ससुरा र देवरको हकमा भने सफाइ हुने गरी फैसला भएको चितवन अदालतका श्रेस्तेदार रूद्रमणि गिरीले जानकारी दिनुभएको छ ।

मुलुकी अपराध संहिताको दफा १८५ मा आ*त्मह*त्या गर्न दु*रुत्सा*हन दिन नहुने उल्लेख छ । दफा १८५ को उपदफा १ मा ‘कसैले कसैलाई आ*त्मह*त्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन’ भन्ने कानुनी प्रावधान रहेको छ । यदि कसैले आ*त्मह*त्या दु*रुत्सा*हन गराएमा उपदफा २ मा व्यवस्था गरिएबमोजिम ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने छ ।

(Visited 10 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु