शुक्रवारको दिन यी कार्यहरु गर्नाले जिवनभर सुख मिल्छ


काठमाडौं – शुक्रवारको दिनलाई धेरै शुभ दिन मानिन्छ । कुनै नयाँ कार्य गर्दा शुक्रबार गर्नु उत्तम मानिएको छ । शुक्रवारको दिन दैन्त्यहरुका गुरु शुक्रले राज गर्ने शास्त्रमा बताइएको छ । शुक्रको प्रकृति नाजुक, मैत्री र मीठो हुने हुनाले यो दिन जस्तो कार्य पनि राम्रो हुने मानिन्छ ।

शुक्रबारको दिन परिवारिक जीवन सुरु गर्न, प्रेम सम्बन्ध आरम्भ गर्न र कुनैपनि चिजको खरीद बिक्री सुरू गर्न निकै राम्रो मानिन्छ । त्यस्तै यो दिन नयाँ वाहन खरिद गर्न, गम्भीर बिरामीहरूको उपचार गर्न बहुमूल्य गहाना,पत्थर तथा नयाँ घर खरीदको लागि राम्रो मानिन्छ । यो दिन नीलो वा सेतो कपडा लगाउदा आटेको काम पुरा हुने बिश्वास छ । शुक्रबारको दिन पनिर, बटर, चीज आदि खानु राम्रो मानिन्छ ।

र यो पनि पढ्नुहोस्

शुक्रवारको दिन यी १३ काम गर्नुहोस्, सफलताको शिखर चुम्नुहोस्

शुक्र, ग्रहमा सबैभन्दा चम्किलो र प्रेमको प्रतिक हो । आफ्नो जीवनसाथीलाई कष्ट दिनु, कुनैपनि प्रकारको फोहोर वस्त्र लगाउनु, घरमा फोहोर एवम् फाटेकोको पुरानो वस्त्र राख्नाले शुभ-अशुभ फल दिन्छ । शुक्र ग्रह भोग-विलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । मूत्राशय, चर्म सम्बन्धि रोगहरूसँग यसको सिधा सम्बन्ध हुन्छ ।


-आफ्नो भोजनलाई जुठो बनाउनु अघि केही भाग गाईको लागि निकाल्नुहोस् ।

-शुक्रवार सेतो वस्त्र धारण गर्नुहोस् ।

-चाँदी, चामल, दूध, दही, सेतो चन्दन, सेतो वस्त्र तथा सुगन्धित पदार्थ कुनै पुजारीको श्रीमतीलाई दान गर्नुहोस् ।

-घरमा तुलसीको वृक्ष लगाउनुहोस् र यसको पुजा गर्नुहोस् ।

-सेतो चन्दनको टिका लगाउनुहोस् ।

-पानीमा चन्दन मिलाएर स्नान गर्नुहोस् ।

-चाँदीको टुक्रा या चन्दनको लठ्ठी नदी या नहरमा बगाउनुहोस् ।

-सुगन्धित पदार्थको प्रयोग गर्नुहोस् ।

-शुक्रवारको दिन व्रत राख्नुहोस् ।

-खिरलाई काग र गरिबलाई खुवाउनुहोस् ।

-शुक्रवारको दिन सेतो गाईलाई मुछेको पिठो खुवाउनु पर्दछ ।

-कोही खराब आँखा भएका व्यक्तिलाई सेतो वस्त्र एवम् सेतो मिष्ठान्न भोजन दान गर्नुहोस् ।

-शुक्र बलियो हुँदा सिलाएको सुन्दर वस्त्र, सेन्ट(परफ्यूम) र आभूषण उपहारमा दिनु हुँदैन । शुक्र सँग सम्बन्धित वस्तुहरू जस्तै सुगन्ध, घीउ र सुगन्धित तेलको प्रयोग गर्नु हुँदैन ।

(Visited 32 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु