डेंगु पछि ६३ जिल्लामा स्क्रब टाइफसको महामारी


काठमाडौं । देशैभरी फैलएको डेंगुको प्रकोप पछि स्क्रब टाइफस नेपालका ६३ जिल्लामा देखिएको छ ।

स्क्रव टाइफसबाट यो वर्ष ३ जनाको मृत्यृ भएको छ। ५५४ जना यो रोगबाट प्रभावित भएका छन् । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा यो रोग सर्ने गर्छ । स्क्रव टाइफसका लक्षणहरु डेंगुरोग सँग मिल्दा जुल्दा हुन्छन् ।

स्क्रब टाइफस भएका मानिसमा धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अङ्गहरुले काम गर्न छोड्ने जस्ता लक्षण देखिन्छ । स्क्रब टाइफसको जीवाणु सार्ने माइट झाडी, खेतबारी, वनजङ्गल, घरवरपरको झाडीलगायतका क्षेत्रमा बस्ने गदर्छ ।

पानी परेसँगै डेंगुका बिरामीको संख्या घटे पनि स्क्रब टाइफसका बिरामी भने बढेदै गएको स्वास्थ्य सेवा विभागको भनाइ छ ।

(Visited 12 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु