ढाड दुख्नेदेखि मुर्छा पर्नेसम्म अचूक औषधि कपुरको फाइदै फाइदा


कपुरको प्रयोग पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छन् । यसलाई औषधिको रुपमा सही तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ ।

यदि कसैलाई दम रोगमा यो अचूक औषधि साबित हुनेछ । १ भाग फुराएको हिङमा १ भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र २-२ गोली तातो पानीसँग बिहान-बेलुका सेवन गर्ने तथा तारपिनको तेल छातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ ।

यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ । २ पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ । यसको साथै कपुरको महत्वपूर्ण फाइदाको बारेमा आज हामी चर्चा गदैछौं ।

१. पुरानो खोकीमा

सूठो, पिप्ला र मरिच १-१ भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने १-१ गोली दिनमा खिनमा ३-४ पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।

२. खोकी लागेमा

साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।

३. आउँ, बाथ भएमा

२ चक्की कपुर र आधा चम्चा सूठो १ ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ ।

४. पुरानो बाथमा

१ डाडु रायोको तेलमा १ चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।

५. निद्रा नलाग्नेमा, मुर्छा पर्ने रोगमा

फुराएको हिङ १ भागमा कपुर १ भाग मिसाएर केराउ जत्रो गोली बनाएर २-२ गोली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ ।

हिङ के हो र यो स्वास्थ्यको लागि कति फाइदाजनक ?

हामीले नेपाली चलचित्रहरुमा एउटा भनाइ सुन्ने गर्छौ । त्यो हो – म हिङ नभए पनि हिङ बाँधेको टालो हुँ । बाँधेर राखेको टालोको पनि शान हुने त्यस्तो वस्तु हिङ के हो त ? के यो स्वास्थ्यका लागि त्यति नै फाइदाजनक पनि छ त ? हामी यो लेखमा त्यसबारे तपाईलाई जानकारी दिन गइरहेका छौँ । यो लेखबाट तपाईले हिङका बारेमा जानकारी थाहा पाउँनु हुनेछ ।

हिङ एउटा फेरुला वर्गका बहुवर्षीय पोथ्राहरूको जराबाट निकालिने औषधीय गुण भएको खोटो हो । यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रको रैथाने वनस्पति हो । यसको खेती यस आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ |

हिङका फाइदाहरु

१. पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमा

हिङ, जाइफल, केशर र मरिच १५\१५ ग्राम सबै बराबर पिनेर धुलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने । आवश्यकता अनुसार १\२ गोली मनतातो पानीसँग खाएमा पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने निको हुन्छ ।

२. कब्जियत र अधिक वायु भएमा

आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग हिङ र सिदेनुन मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ ।

३. कान दुख्ने, पिप आउने, खटिरा आदि भएमा

ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनुन धुलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।

४. दम रोगमा

एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई\दुई गोली तातो पानीसँग बिहान\बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठिक हुन्छ ।

५. कम्मर दुख्ने रोगमा

आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।

६. शूल भएमा, धेरै दीसा लागेमा

जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

(Visited 479 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु