तिम्ल्याहा सन्तान हेर्न पुगे मेयर र उपमेयर !


पथरी । मोरङको नोवेल अस्पतालमा तिम्ल्याहा सन्तानलाई सकुशल जन्म दिएकी पथरी शनिश्चरेकी भगवती खड्का (कार्की) र नवजात शिुशुलाई भेटन पथरी शनिश्चरेका मेयर र उपमेयर नै अस्पताल पुगेका छन । उनीहरुले भेटघाट गरी शुभकामना समेत दिएका छन । मेयर दिलिपकुमार राई र उपमेयर यमुना बिष्ट बाँस्तोला सहितको नगरपालिकाका जनप्रतिनिधीको टोलीले सुत्केरी समाग्री, लताकपडा र बेबि सेट उपहार दिदै शिशुकी आमा भगवतीलाई बधाई तथा शुभकामना दिएका छन ।

बुधबार भगवती र उनका तिम्ल्याहा सन्तानलाई भेटी उनीहरुले स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिए । भगवतीले ३ सन्तानको जन्म दिए संगै उनको माईती, घर परिवारमा खुशी छाएको छ भने बैदेशिक रोजगारमा रहेका बाबुलाई समेत बधाई र शुभकामनाको ओईरो लागेको छ छ । यता उनी अध्यानरत पथरी बहुमुखी क्याम्पसले समेत भगवतीलाई बधाई तथा शुभकामना दिएको छ ।


क्याम्पस प्रमुख चेतन पौडे्लका अनुसार चाँडै उनलाई भेटघाट गर्ने तयारी रहेको बताए । आमा र शिुशुहरुको अवस्था सामान्य रहेको छ । भगवतीले पहिलो पटक २ छोरी र १ छोरा गरी ३ सन्तानको जन्म दिएकी हुन ।

(Visited 23 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु