यातायात मन्त्री महासेठकी श्रीमतीलाई पनि करोडको सरकारी गाडी


यातायात मन्त्री महासेठकी श्रीमतीलाई पनि करोडको सरकारी गाडी

काठमाडौं । सरकारले बनाएकै कानुन अनुसार कुनै पनि मन्त्रीले एक भन्दा बढी सरकारी गाडी प्रयोग गर्न पाउँदैनन् । उनका परिवारका सदस्यको त कुरै नगरौं । तर, जनताले विकास र समृद्धिका लागि भनेर दुई तिहाई मत दिएका वर्तमान सरकारका भौतिक पूवर्धार तथा यातायात मन्त्री रघुवीर महासेठले श्रीमतीका लागि पनि सरकारी गाडी उपलब्ध गराएका छन् ।

बा २ झ १०७० नम्बरको मित्सुबिसी पजेरो मन्त्री पत्नीले प्रयोग गर्ने गरेकी छिन् । मन्त्रालय स्रोतका अनुसार करोड बढी मूल्यको सो गाडी मन्त्री महासेठले सडक विभागलाई दबाब दिएर झिकाएका हुन् ।

सरकारले २५ वैशाख २०७५ को मन्त्रीपरिषद बैठकबाट सार्वजनिक खर्चमा मितव्यतिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन २०७५ जारी गरेको थियो । मार्गदर्शनको बुँदा नम्बर दुईमा उच्चपदस्थ पदाधिकारीहरु आफैं मर्यादित, मितव्यायी एवं उदाहरणीय रुपमा प्रस्तुत भई अनुकरणीय कार्यशैली प्रस्तुत गर्ने उल्लेख छ । मन्त्री महासेठले भने श्रीमतीका लागि पनि गाडी उपलब्ध गराएका छन् ।

र यो पनि पढ्नुहोस्

मुख्यमन्त्रीलाई सरकारी गाडी प्राइभेट बनाउने गरी सुरक्षा थ्रेट बढेकै हो त ?

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सेतो नम्बर प्लेटको गाडीलाई रातो नम्बर प्लेटको बनाएको पाइएको छ ।

सुरक्षा थ्रेट बढेको भन्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाममा रहेको सरकारी गाडीलाई प्राइभेट नम्बर प्लेट राखिएको हो । तर, त्यो गाडी मुख्यमन्त्रीकी श्रीमती कुमारीमुनी गुरुङले प्रयोग गर्दै आएकी छन् ।

पहिले नेपाल सरकार प्रधानमन्त्री कार्यालयले प्रदेश सरकारलाई दिएको बा १ झ १३६३ नम्बरको स्कर्पीयो गाडी प्रदेश सरकारले आफ्नो नाममा नामसारी गर्यो । मुख्यमन्त्री कार्यालय मातहत रहने गरी नामसारी भएको उक्त गाडीको सरकारी नम्बर ग १ झ ४०७ कायम छ ।

तर, २०७५ फागुन २६ गते यातायात ब्यवस्था विभाग गण्डकीबाट तत्कालीन कार्यालय प्रमुख अच्यूतराज रेग्मीको स्वीकृतीमा ग १ झ ४०७ नम्बरको गाडीलाई रातो नम्बर प्लेटको बनाइयो । रातो नम्बर प्लेटको बनाएपछि उक्त गाडीको नम्बर ग ३ च १६२ नम्बर कायम भएको छ ।

यातायात ब्यवस्था विभागको स्रोतले भन्छ,‘हामी भन्दा माथिल्लो निकाय नै प्रदेश सरकार हो । यो कार्यालय नै प्रदेश सरकार मातहतको हो । प्रदेशकै मुख्यमन्त्रीको लागि गाडी रातो बनाउन प¥यो भनेपछि यहाँबाट रातो कायम गरेर पठाइएको हो ।’ यातायात ब्यवस्था विभागले अस्थायी स्वीकृत दिएको बताएको छ । मुख्यमन्त्री कार्यालयबाट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकै आग्रहमा यातायात ब्यवस्था विभागमा रातो बनाउन पत्राचार भएको थियो ।

(Visited 21 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु