७४ जनामा स्क्रव टाइफस भेटियो, सचेत रहन चिकित्सकको आग्रह


कञ्चनपुर । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन् ।

‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणु बाट लाग्ने स्क्रब टाइफस रोगका कारण डडेल्धुरामा ३५, बैतडीमा ११, कैलालीमा १९, डोटीमा तीन, दार्चुला, बझाङ र कञ्चनपुरमा दुई÷ दुई बिरामी देखापरेका निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताए । “अधिकांश बिरामी उपचारपछि घर फर्केका छन्”, उनले भने, “थोरै मात्र बिरामीको नजिकका अस्पतालमा उपचार भइरहेको छ, उपचार भइरहेका सबैको अवस्था सामान्य रहेको छ ।”

माइटले टोकेको ठाउँमा घाउ भए, शरीरका विभिन्न भागमा बिमिरा देखिए, अत्यधिक ज्वरो आए, शरीरका विभिन्न भाग दुखेमा स्क्रब टाइफसको सङ्क्रमण भएको हुनसक्ने भएकाले स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्ने उनले बताए। “तत्कालै रोग परीक्षण गरी उपचार गरेमा यो रोग निको हुन्छ”, उनले भने, “समयमै उपचार नगरे यसले मस्तिष्क, कलेजो, फोक्सोमा थुप्रै प्रकारका सङ्क्रमण गर्ने भएकाले जतिसक्यो चाँडो उपचार गर्नुपर्छ ।”

स्क्रब टाइफस भएका मानिसमा धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अङ्गहरुले काम गर्न छोड्ने उनले जानकारी दिए । स्क्रब टाइफसको जीवाणु सार्ने माइट झाडी, खेतबारी, वनजङ्गल घरवरपरको झाडी लगायतका क्षेत्रमा बस्ने भएकाले यस्ता क्षेत्रमा काम गर्दा पूरै शरीर ढाक्ने कपडा लगाउने, सम्भव भए बुट लगाउने, घास बारी वा चौरमा बस्दा गुद्री ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने तथा बस्ने गर्नुपर्ने स्वास्थ्य कर्मीको सल्लाह छ ।

के हो स्क्रब टाइफस रोग ?

स्क्रब टाइफस (Scrub typhus) वा बुस टाइफस (bush typhus ) नामक रोग ओरेन्सिया सुसुगमुसी ( Orentia tsutsugamushi ) नामक परजिवीको सं’क्रमणले लाग्ने रोग हो । यो परजिवीलाई एक प्रकारको माइट (mite) जातिको क्षुक्स्म किराले सार्ने गर्दछ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

रोगको इतिहास

miteपहिलो पटक यो रोग सन् १९३० मा जापानमा देखा परेको थियो । सन् १९४४ तिर दोश्रो विस्वयुद्धमा अमेरिकी सेनामा पनि यो रोग देखा परेको थियो। यो रोगको किटाणु बोक्ने माइट झाडी ( साना साना बोट बिरुवा) मा बस्ने हुनाले युद्धमा खटिएका सेनाहरु जंगलका झाडी हुँदै हिड्दा उक्त माइटले टोकेको र टोक्ने क्रममा ओरेन्सिया सुसुगमुसी नामक परजिवी पनि शरिरमा छोडेकोले उनिहरुमा यो रोग लागेको देखिएको थियो । यो रोगको संक्रमण सबै ठाउमा नभएर बिशेष स्थानमा मात्र भेटिएको थियो ।

बिशेष गरी दोश्रो बिश्वयु’द्धताका यो रोग प्रशान्त महासागरिय क्षेत्रका ग्रामिण इलाकामा भेटिएको थियो। यो रोगमा ज्वरो आउने हुनाले यसलाई सुरुसुरुमा सिचिटो फिवर ( Shichitō fever ) वा ह्याट्सुका फिवर (Hatsuka fever ) भन्ने गरिन्थ्यो ।

नेपालमा यो रोगको अवस्था

हाल सम्ममा नेपालमा स्क्रब टाइफस बाट ६ जनाको मृ’त्यु भईसकेको छ । वैशाख महिनादेखि अहिलेसम्म सो मृत्यु भएको हो । उक्त अबधिमा ३२ जिल्लाका २२२ जनामा ‘स्क्रब टाइफस देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैभन्दा बढी यस रोगका बिरामी चितवनमा देखिएका छन् । यो रोगका कारण मृ’त्यु हुनेमा सङ्खुवासभाका दुई तथा भोजपुर, तनहुँ, गुल्मी र चितवनका एक/एक जना छन् । गत वर्ष यो रोगको सङ्क्रमणबाट १०१ जना विरामी परेका थिए भने आठ जनाको मृ’त्यु भएको थियो ।

नेपालमा भने मुसाले यो रोग सारेको पाइएको छ । झाडिमा बस्ने मुसाको कानमा पाइने उक्त माइट झाडिमा सर्ने र सो झाडीमा मानिस जांदा माइटले मानिशलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ ।

लक्षण

ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, माम्सपेसी दुख्नु, पाचन आङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदी यसका प्रमुख लक्षण हुन । रोग समयमै उपचार नगरेमा वा जिर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृ’त्युसमेत हुन सक्छ ।

उपचार

यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ। औषधिको रुपमा एन्टिबायोटिक प्रयोग गर्नु पर्ने हुन्छ ।

डक्सी साइक्लिन ( doxycicyline ), एजिथ्रोमाइसिन (azithromycin ), क्लारामफेनिकल (Chloramphenicol), रिफाम्पिन ( Rifampin) सिप्रोफ्लोक्सिन (Ciprofloxacin) मध्य कुनै एक औषधि पाँचदेखि दसदिन प्रयोग गर्दा यो रोग ठिक हुन्छ । तर गर्भवती महिलाले भने सिप्रोफ्लोक्सिन (Ciprofloxacin) प्रयोग नगरि अन्य मात्र प्रयोग गर्नु उचित हुन्छ ।

रोकथाम

किटाणु सार्ने माइटको सम्पर्क बाट टाढा रहनु नै यसको प्रमुख रोक थाम हो । यसको लागी घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केहि ओछ्याएर बस्ने गर्नु पर्दछ ।

(Visited 32 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु