पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध, बाटोमै रोकिए सयौं गाडी र हजारौं यात्रुहरु


काठमाण्डौ – बीपी राजमार्गको विभिन्न ठाउँमा ढुंगामाटोसहितको लेदोे खसेपछि बाटो अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिकाको नार्के, माङ्पी, साङ, फेदी लगायतका खहरे खोलाबाट ढुंगामाटोसहितको लेदोे बाटोमा खसेपछि गाडी चल्न नसकेको हो ।

यस्तै पशुपति रोडा ढुंगा उद्योग अन्तर्गत मनकामना उद्योगबाट आएको ढुंगा माटो मिसिएको लेदो बाटोमा खसेपछि रोशी गाउँपालिका वडा नम्बर–९ मंगलटारबाट पूर्वपट्टि गाडी चल्न नसकेको रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले बताउनुभयो ।

पहिरो गएको स्थान गुगल म्यापमा रातो संकेतभित्र ।

अहिले बाटोमा खसेको लेदो हटाउने प्रयास भैरहेको उहाँले बताउनुभयो । गाडी नचल्दा पूर्वका लागि छुटेका र पूर्वबाट काठमाण्डौका लागि छुटेका गाडी बीच बाटोमै रोकिएका छन् । यस्तै, अरनिको राजमार्गको ५२ किलोमा लेदो खसेपछि मेलम्ची जाने बाटो पनि बन्द भएको छ ।

(Visited 21 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु