सेती नदीको पुल बाढीले डुबायो


पोखरा, भदौ ३१ । सोमबार रातिदेखि परेको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथिको पुल डुबानमा परेको छ ।

बाढीले डुबाएसँगै उक्त पुल जोखिममा परेको छ । पुलको आधाभन्दा बढी लम्बाई बाढीले डुबाउँदा आवत जावत ठप्प भएको छ ।


पुल डुबाएपछि तनहुँ र स्याङजा को विभिन्न ठाँउबाट देशका विभिन्न भागमा जान आएका यात्रुहरु समस्यामा परेका छन् ।

उक्त सडकखण्ड अवरुद्ध भएपछि फिरफिरे, राइपुर र स्याङ्जाको विभिन्न स्थानमा संचालित यातायात सेवा अबरुद्ध हुन पुगेको छ ।

(Visited 4 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु