लमजुङ केन्द्रविन्दु बनाएर शक्तिशाली भू कम्पको धक्का

काठमाडौं, ३१ भदौ । मंगलबार बिहान लमजुङ कन्द्रबिन्दु बनाएर भू कम्प भएको छ । बिहान ९ बजेर ३५ मिनेटमा लमजुङको नौथरनजिकै केन्द्रविन्दु बनाएर ४.५ रेक्टर स्केलको भू कम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका भू कम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिए । भू कम्पको धक्का लमजुङ, तनहुँ, कास्की, गोरखा र धादिङमा महसुस गरिएको छ ।

हिजो (सोमबार) सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ । नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए ।
भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको छ । दिनदिनै भूकम्प जान थालेपछि मानिसहरुमा डर पैदा हुन थालेको छ ।
प्रतिकृया दिनुहोस्