लुक्लाबाट काठमाडौ उडेका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण


केसव राज पाैडेल

काभ्रे । मौसम खराबका कारण लुक्लाबाट काठमाडौ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएका छन् ।

मनाङ्ग एयर, सिम्रिक, कैलाश एयरका ४ वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हो । बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अबरुद्ध भएकाले चार वटै हेलिकप्टर काभ्रेमा अवतरण गर्नु परेको हो ।

लो भिजिविलिटि भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको तस्विर ।

विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले तीन किलोमिटर मात्र भिजिबिलिटी भएकोले सबै उडान तथा अवतरण ठप्प पारिएको बताएका छन् । यसअघि कोटेश्वर आइपुगेको कतार एयरको विमान पनि डाइभर्ट गर्नुपरेको थियो ।

र यो पनि पढ्नुहोस्

त्रिभुवन विमानस्थल अवरुद्ध, कोटेश्वर आइपुगेको कतार एयरको विमान पनि डाइभर्ट

(Visited 28 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु