चर्चित गायक राजेश पायल राईको घरमा भिषण आगलागी , यस्तो छ क्षतिको विवरण !


काठमाडौं– गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् ।

आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिएका छन् ।


उनले फेसबुकमा लेखेका छन्–‘म पीडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन.. मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन ।।अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया,सुझाव नजलोस्.. म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छेु ।’

भिडियोमा हेर्नुहोस आगलागीले गरेको क्षति

(Visited 4 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु