रोयल पेन्ट्स किन्दा बुलेट बाइक


बिर्तामोड । रोयल पेन्ट्स प्रालिले गतवर्ष सञ्चालन गरेको पर्व वम्पर उपहार अन्तर्गत शनिश्चरेका व्यवसायी जगनाथ साहूले मोटरसाइकल जित्न सफल भएका छन् ।
प्रालिले गत असोज र कात्तिक महिनामा पर्व वम्पर उपहार कार्यक्रम सञ्चालन गरेको थियो । २५ हजार रुपैयाँ बराबरको रोयल पेन्ट्स खरिद गर्दा कुपन लिन पाइने नियम थियो । सोही नियमअनुसार साहूले कुपनमार्फत प्रथम पुरस्कार अन्तर्गत रोयल इन्फील्डको बुलेट मोटरसाइकल जितेका हुन् । मोटरसाइकल प्राप्त गर्ने साहू शनिश्चरेका पुराना व्यवसायी हुन् । उनी विगत ३५ वर्षदेखि हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका छन् । शनिबार रोयल पेन्ट्स प्रालिको मेची अञ्चल आधिकारिक विक्रेता निता टे«ड एन्ड कलर मार्ट बिर्तामोडका सञ्चालक प्रकाश चापागार्इंले मोटरसाइकल हस्तान्तरण गरे ।
उपहार स्वरुप प्राप्त मोटरसाइकल हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रतिनिधि तथा अर्का सञ्चालक हरि कोइरालाको उपस्थिति रहेको थियो ।
पछिल्लो समय पूर्वमा रोयल पेन्ट्स ग्राहकको रोजाइमा परेको सञ्चालक चापागार्इंले बताए । उनले रोयल कम्पनीका रङहरु टिकाउ र भरपर्दो भएकाले पनि यसको माग बढिरहेको बताए ।

(Visited 59 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु