पाल्पाबाट दुखद् खबर : छोराको हृ’दयाघातका कारण अल्पायुमै मृ’त्यु भएपछि पिताले गरे झुण्डि’एर आत्मह’त्या

पाल्पा । पाल्पामा एक वृद्धले छोराको अल्पायुमै मृ’त्यु भएको पीडा सहन नसकी आत्मह’त्या गरेका छन् । रामपुर नगरपालिका वडा नं. १० हेक्लाङका ती पिताले सोमबार बिहान आत्मह’त्या गरेका हुन् ।
उनका छोरा कृष्णप्रसाद तिमिल्सिना को शनिबार राती हृ’दयाघातका कारण मृ’त्यु भएको थियो । कृष्ण पाल्पाको सदरमुकाम तानसेनबाट संचालित सूर्योदय टेलिभिजनका अध्यक्ष थिए ।कृष्णका पिता भीमराजले घरसँगै रहेको लिचिको रुखमा झुण्डि’एर बिहान तीन बजेतिर आत्मह’त्या गरेको छिमेकी तुल्सीप्रसाद भण्डारीले जानकारी दिए ।
तीन दिनको अन्तरमा बाबु र छोराको नि’धन भएपछि अहिले गाउँ पूरै शो’कमग्न भएको उनले बताए । पाल्पा सदरमुकाम तानसेनको बारुदखानमा रहेको आफ्नै निवासमा हृ’दयघातका कारण ४० बर्षीय कृष्णको नि’धनपछि शो’काकुल ६५ बर्षीय बुवा भीमराज तिमिल्सिनाले आत्मह’त्या गरेका हुन् ।गाउँका मेहनती कृषक भीमराजले पहिलेदेखि नै छोरा कृष्णप्रति गौरव र सन्तुष्टि व्यक्त गर्थे । तर त्यही छोराको नि’धन भएपछि नि’राश भएको छिमेकीहरुले बताएका छन् । कृष्णकी आमा अ’शक्त छिन् भने भाइबहिनीहरु परिवारसहित छन् ।
उनका छोरा कृष्ण झण्डै ७ बर्षदेखि टेलिभिजनको अध्यक्ष हुनुका साथै तानसनेस्थित मिसन अस्पतालको नर्सिङ कलेज, मिलेनियम कलेज लगायतमा लामो समयदेखि गणित विषयको प्राध्यापक थिए । तानसेनमा श्रीमतीसँगै बस्दै आएका तिमिल्सिना पाल्पामा भद्र, मिलनसार र मेहनेती आशा लाग्दो सामाजिक तथा बौद्धिक युवाका रुपमा चिनिन्थे ।
प्रतिकृया दिनुहोस्