ज्ञानेन्द्र शाही हिरासतमै, प्रहरीले लगायो यस्तो मुद्दा


काठमाडौं – आफूलाई भ्रष्टाचारविरोधी अभियान्ता दाबी गर्ने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई प्रहरीले प’क्राउ गरी मु’द्दा चलाएको छ। कुपोण्डोलस्थित नेपालका लागि नेपालीको कार्यालयमा पत्रकार सम्मेलन गर्दैगर्दा कुटिएपछि प्रहरीले शाहीलाई सुरक्षाका लागि भन्दै जावलाखेल पुर्याएको थियो। तर, उनलाई अभ’द्र व्यवहारसम्बन्धी मु’द्दा चलाइएको ललितपुर प्रहरीले जनाएको छ ।

उनले सुरक्षाका लागि पुगेका प्रहरीमाथि अ’भद्र व्यवहार गरेको प्रहरीको आरोप छ। प्रहरीले उनलाई सुरक्षाका लागि लगेको भनिएको केही समयमै पक्राउ पुर्जी तयार गरी हि’रासतमा राखेको जनाएको छ।

शाहीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ढिलाइले बुद्ध एयरको प्लेन एक घन्टा ढिला भएको भन्दै मन्त्रीलाई झपारेका थिए।

यस विषयमा आज सामाजिक सञ्जालमा मन्त्री भट्टराइ र ज्ञानेन्द्र शाहीको पक्ष विपक्ष भएर आम मानिसहरुले आफ्ना भनाइ सार्वजनिक गरेका थिए । ज्ञानेन्द्र शाहीले नेपालगञ्जबाट सार्वजनिक गरेको भिडियोमा उनले मन्त्रीलाई हप्काएको देख्न र सुन्न सकिन्छ ।

हेर्नुहोस मध्यरात्रमा सुत्र टिभीले तयार पारेको भिडियो

ज्ञानेन्द्र शाही हिरासतमै, प्रहरीले लगायो यस्तो मुद्दा(भिडियोसहित)

(Visited 42 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु