बुधवारेमा यामाहाको महामेला : १५० जनाले चढे नयाँ बाइक


बुधवारे । झापाको बुधवारेमा भदौ २५ गतेदेखि यामाहा कम्पनीको एक्सचेन्ज महामेला सुरु भएको छ । महामेलाको दोस्रो दिन १५० जनाले नयाँ मोटरसाइकल टेस्ट ड्राइभ गरेको कृतिका मोटरसाइकल सर्भिस प्वाइन्टका सञ्चालक धरणीधर पोखरेलले जानकारी दिए । महामेलामा पहिलो दिन ४ सयभन्दा बढीले अवलोकन गरेका छन् ।

भदौ २८ गतेसम्म सञ्चालन हुने महामेलामा यामाहा कम्पनीका मोटरसाइकल खरिदकर्ताले विशेष छुटको अवसर पाउने भएका छन् । विषेश अफरसहित आयोजना गरिएको महामेलामा यामाहाले नयाँ मोटरसाइकलको खरिदमा बाइक कभर, हेल्मेट, ल्यापटक ब्याग र लेगगाड निःशुल्क पाउने छन् । सोही मेलामा जुनसुकै कम्पनीका मोटरसाइकल एक्सचेन्ज समेत गरिने पोखरेलको बताए ।

एक्सचेन्जमा प्रचलित बजार मूल्यभन्दा १५ हजार थप मूल्य उपलब्ध गराइनेछ । नयाँ बाइक खरिदमा प्रक्रिया बमोजिम फाइनान्सको सुविधा समेत दिइनेछ । पुराना मोटरसाइल उपलब्ध गराएमा न्यूनतम ३० हजार रुपैयाँ दिने पोखरेलले जानकारी दिए । दुई दिनमा २२ वटा मोटरसाइकल बिक्री भइसकेको पोखरेलले बताए ।

(Visited 24 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु