अन्तर्राष्ट्रिय दलित सञ्जालको अध्यक्षमा सेवा, महासचिवमा मङ्ग्राती


मेचीनगर । दलित आन्दोलनलाई अन्तर्राष्ट्रिय तहमा एकताबद्ध बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय दलित सञ्जाल गठन भएको छ ।

बुधवार झापाको बिर्तामोडमा सम्पन्न एक भेलाले भारत सिक्किमका शेखर सेवाको अध्यक्षतामा सञ्जाल गठन गरेको हो । सञ्जालको तदर्थ समितिमा नेपालसहित भारत, भूटान र म्यानमारका नेपालीभाषी दलित अगुवाहरु सङ्गठित छन् ।

सञ्जालको उपाध्यक्षमा भारत आसामका कृष्ण मिजार र नेपालकी हर्कमाया विश्वकर्मा रहेका छन् । त्यस्तै, सञ्जालको महासचिवमा नेपालका टिकाराम मङ्ग्राती, सचिवमा भारतका भीम खाती र कोषाध्यक्षमा भारतकै हेमन्त रामधानु रहेका छन् । सञ्जालको सदस्यमा विरु दर्नाल, निरु परियार, कृष्ण लावर, उमेश कार्की डोली, मिथिलेश बराइलीसहित ११ सदस्यीय तदर्थ समिति बनाइएको छ ।

सञ्जालको सल्लाहकारमा भाइसन बर्देवा, गङ्गाबहादुर कालिकोटे, गोपाल शिवा र चन्द्र कटुवाल रहेका छन् । अन्तर्राष्ट्रिय स्तरमा छरिएर रहेका नेपालीभाषी दलित समुदायको पेशा, संस्कृति संरक्षण गर्ने गरीको सञ्जाल गठन भएको महासचिव मङ्ग्रातीले बताए । उनले सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिनेगरी दर्ता प्रक्रिया अघि बढाइने जानकारी पनि दिए ।

………………………….

(Visited 2 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु