झापामा ‘नो हेलमेट, नो पेट्रोल’ अभियान


झापा। मेचीनगरमा रहेका पेट्रोल पम्पहरूमा ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ । राजगमार्गसँगै रहेका पेट्रोल पम्पहरूमा अभियान सञ्चालन गरिएको काँकडभिट्टाका ट्राफिक प्रमुख कालिदास रेग्मीले जानकारी दिए ।

उनका अनुसार पम्पका सञ्चालकलाई भेटेर अभियानबारे जानकारी गराइएको छ । पेट्रोल पम्पमा इन्धन भर्न आउने चालकले ट्राफिक नियम पालन नगरे इन्धन पनि उपलब्ध नगराउन आग्रह गरिएको रेग्मीले जानकारी दिएका छन् ।

उनका अनुसार पम्पहरूमा ‘नो हेलमेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको हो । मेचीनगरबाट सुरु गरिएको यो अभियान झापाभरि सञ्चालन गर्दै लैजान ट्राफिक प्रहरीको भनाई छ ।

(Visited 17 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु