मेचीनगर । मेचीनगरको दुहागढीस्थित बाल सुबोधिनी आधारभुत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बाबुलाल सुब्बा चयन भएका छन् ।

शिक्षा नियमावली अनुसार शुक्रवार व्यवस्थापन समितिका जेष्ठ सदस्य बद्रिनाथ फुयालको सभापतित्वमा सम्पन्न पूर्ण बैठकले सुब्बालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सुब्बाले यसअघि पनि एक कार्यकाल व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

नवगठित समितिका सदस्यहरुमा बद्रिनाथ फुयाल, मुनिलाल राजवंशी, उर्मिला चौधरी, आरती प्रसाईं, लिला ठकुरी, सुरेश बुढाथोकी र मित्रलाल काफ्ले चयन भएका छन् । कार्यक्रममा प्रधानाध्यापक एवम् समितिका सदस्य सचिव विश्व थापाले नवगठित समितिलाई बधाइ ज्ञापन गरेका थिए ।

(Visited 51 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *