सशस्त्र प्रहरीले गरे रक्तदान


मेचीनगर । सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र प्रहरी ऐन २०५८ साल भदौँ ६ गते लाल मोेहर लागेको दिन लाई एतिहासिक दिनको रुपमा लिएर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा ९९ जनाले रक्तदान गरेका थिए । सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । लाल मोहर लागेको भदौँ ६ गते सशस्त्र प्रहरी बलले विविध कार्यक्रम गर्दै आएको छ ।

यसैक्रममा अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएका एक लाख सतासी हजार मुल्य बराबरको लत्ता कपडा तथा किराना सामान बरामद गरि मेची भन्सार कार्यलय काँकरभिट्टामा बुझाइएको डिएसपि प्रेम भण्डारीले बताए ।

 

(Visited 23 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु