उजुरी हाल्नथालेपछि किशोर श्रेष्ठको प्रश्न, ‘अस्मिताको गोप्य च्याट छरपस्ट पार्नेलाई के हुन्छ’?

काठमाडौं । चितवनमा मृत अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु अघिको भिडियो सार्वजनिक गरेको भन्दै रवी लामिछाननेकि श्रीमती निकिता पौडेलले उजुरी दर्ता गर्ने प्रयास गरेकि छन् ।
उजुरीमा प्रमाण किर्ते गरेको आरोप पत्रकार किशोर श्रेष्ठ, एसपी दान बहादुर मल्ल र अर्का पत्रकार संकेत कोइरालामाथि लगाएकी छन् ।
निकिताले आफु विरुद्ध उजुरी दिन लागेपछि पत्रकार श्रेष्ठले फेसबुकमार्फत् जवाफ फर्काएका छन् ।
यस्तो छ उनको स्टाटस
”मैले एक हप्ताअघि नै भनेको र लेखेको छु-“शालिकराम प्रकरणको भिडियो उहाँकै परिवारबाट पाएर निस्पक्ष र शीघ्र अनुसन्धानमा सहजताको निम्ति त्यसमा आधारित हुँदै समाचार प्रकाशन /प्रशासन गरेका हौं !” हिजो उहाँहरुको तर्फबाट बहस गर्ने अधिवक्ता सुनिल पोख्रेल आफैले चितवनमा पत्रकारहरुका सामु (हामीले शुरुदेखि जे भन्दै आएका थियौं) २३ मीनेटको भिडियो भन्ने बजार हल्लाको खण्डन हुनेगरी त्यही भन्नुभएको छ,अर्थात भिडियोका दुई अलग अलग क्लिप्स छन् एउटा ८ मीनेट २८ सेकेन्डको र अर्को ४ मीनेट ५८ सेकेण्डको !
आज यसैमा फण्डा मच्चाउँदै केहीले हाम्राबिरुध्द साइबर क्राइमको केस दर्ता गराउन खोजेको सुनियो,पत्रकारले तथ्यमा टेकी लेखेका समाचारउपर मुध्दा दर्ता हुन्छ भने अब यति कुरा सोध्नैपर्ने भयो-म यिनका बिरुध्द केस दर्ता गर्न पुलिसमा जाँदैछु भनी फेसबुकमा पहिले नै स्ट्याटस लेखेर,दर्तै हुन नसकेको,हुन नपाएको केस दर्ता भैसकेको होहल्ला मच्चाएर सामाजिक र सार्वजनिक रुपमा हाम्रो मानमर्दन गर्नेहरुबिरुध्द अब के हुन्छ ? पत्रकारले यति चासो र चर्चाको मुध्दामा प्राप्त प्रामाणिक कुरा दबाएर राख्नपर्थ्यो कि सार्वजनिक गरेर जनतालाई सुसूचित गर्नुपर्थ्यो ? अस्टमी गुरुङ्गको आत्महत्याको भिडियोलाई हत्या ठहर गर्दै टिभीमार्फत कसले फैसला सुनाएको थियो ? आफूमाथिको आरोपलाई बिषयान्तर गर्नको निम्ति ती चेली अस्मिता कार्की “रुकु” को निजी सम्बाद आफ्नो च्यानलमार्फत छरपस्ट पार्नेहरुबिरुध्द के हुन्छ ?
हामीले परिवारबाट पाएको भिडियो भन्दाभन्दै Conspiracy Theory अन्तर्गत निशाना अन्ततिर सोझ्याउने र उल्टो अनेक लान्छना मृतक शालिकरामबिरुध्द लेख्दै हिंड्नेहरुबिरुध्द के हुन्छ ? मेरो अमेरिकी पासपोर्ट त्याग्न लगाएर मलाई पुनः नेपाली हुन बाध्य बनाउने ? पख् तेरो पनि पासपोर्ट खोसेर देखाइदिन्छु भन्दै बदलाको कार्यक्रम प्रशारण गर्नेहरुबिरुध्द के हुन्छ ? १६ बर्षअगाडि सबैतिरबाट सफाइ पाएको आत्महत्याको केसलाई हत्या नै हो भन्दै आफ्नो च्यानलमार्फत निरन्तर फैसला सुनाउनेहरु बिरुध्द के हुन्छ ? ॐ अस्पतालमा सिन्धुपाल्चोककी गरिब बिमारी रामप्यारी उपचारको गडबडीका कारण अकाल मृत्युको मुखमा पुगेको त्यति चर्चित प्रकरण ससुराली नाताको कारण गुपचुप गराउनेहरुबिरुध्द अब के हुन्छ ?”
स्मरणीय छ प्रस्तोता रवी लामिछानेमाथि धेरैले ‘आफै न्यायाधिस्, आफै प्रहरी’ बन्न खोजेको आरोप लगाउँने गरेका छन् । सामाजिक सञ्जालमा भाइरल बनेको एउटा भिडियो क्लिप हेर्नुहोस्
रवि दाइ त न्यायाधीस नै हुनुहुन्थ्यो नि …नपत्याए सुन्नुस त ४० सेकेन्डको भिडियो। हामी त निस्पक्ष छानविनको पक्षमा मात्र हो। हत्या हो कि आत्महत्या त्यो छुट्ट्याउने काम न्याय प्रशासनको। न्याय प्रशासनले छानविनमा कमजोरी गर्यो भने आवश्यक प्रतिकार गरौँला।
Gepostet von Naresh Regmi am Freitag, 16. August 2019
प्रतिकृया दिनुहोस्