१४ जाेडीकाे रियलमा विवाह गराउँदै सुवासले गरे नयाँ कामकाे थालनी, हेर्नुहाेस भिडियाे !!


सगरमाथा प्रबेश बिन्दु राजाधानी बाट पूर्व उत्तर लुग्ला शोलुखुम्बुमा जन्मिएका, स्कुलमा छदै पढाईमा भन्दा बढि गितारको मोह संगै आफ्नो स्वर आफुलाई ठीक-ठाक मात्र लाग्दा लाग्दै पनि गितरको रुचिको करण गुनगुनाउनै पर्ने बाध्यताले गर्दा त्यसरी नै बिस्तारै ब्यान्ड फम गरे, ढाउ-ढाउमा कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए तर सांगितिक समूहले भने लामो गति लिन नसके पछि एकल गायक बनेर आजभन्दा करिब एकदशक अधिबाट सांगितिक क्षेत्रमा धर्यताका साथ लागि परेका छन। हुलिया फरक देखिने भयता पनि अत्यन्त सरल मिलनसार स्वाभाबका स्वदेश तथा बिदेशमा समेत् आफ्नो ठाउँ बनाइसक्नु भएका गायक सुभाश सुन्दास।

उड्न देउ “ यल्बम बाट डेबू गर्नु भएको ‚ हो ! तपाईंहरुले अनुमान लगाइसक्नु भएको छ। “माया हो “ बोलको पहिलो म्युजिक भिडिओबाट दर्शकस्रोताले धेरै रुचाउदै आउनु भएको छ। सोहि गीत बेस्ट भोकल पर्फर्मेन्समा इमेज अवार्डमा पनि नोमिनेट भएपछि क्रमश एक दर्जन भन्दा बढि म्युजिक भिडिओ बाहिरिने क्रम जारी छ।

हरेक दिन एकभन्दा बढि नव गायक-गायिका जन्मिरहदा ‘ फराकिलो प्रतिस्प्रधात्मक् सांगितिक बजार स्वदेश मै बसेर संगीतमा केही गर्छु भनी लागी पर्ने लाई त हाम्मे पर्ने परिस्थितीमा एक्लैले मात्रा सांगितिक प्रवधनलाई ऊजागण गर्ने हेतु कठिन नै पर्ने भएकोले ६ बर्ष यता यूरोपेली मुलुक स्वेजर्ल्यान्ड मा बस्दै अाईरहदा बिभिन्न ब्यान्ड सँग संलग्न भई गितारमा पूर्ण भएका संगीतकार रामु परियार सँग भेट भएको सुभाश बताउछन। वहाँको शरणीय साथको कदर गर्दै शायद वहाँको साथ् बिना यहाँसम्मको यात्रा सम्भब् नहुने पनि बताउनु हुन्छ। हाल यूरोपको बिभिन्न मुलुक जस्तै जर्मनी, नेदेर्ल्यान्डस, बेल्जियम, फ्रान्स, स्पेन, पोर्तुगल, साइप्रस, स्वेजर्ल्यान्ड र यूके
लगायत अरु मुलुकमा पनि वहाँहरुको संयुक्त प्रस्तुतिले नेपाली कला संगीतमा ढुलै टेवा पुगेको छ। केही समय यता बाट यूरोपमा छरिएर बस्दै आउनु भएको नेपाली समाज बिच प्रंशम्सायोग्य योग्दान दिइरहनु भएको छ। मुड अनुसारका गीत संगीत सुन्न मन पराउने सुभाश दर्शकस्रोता लाई पनि फरक-फरक बिधाका गीतहरु एल्बममा पस्किने गरेका छन।

विवाह न त बन्धन, न त बाध्यता यो त केवल साधारण जीवनको सामाजिक प्रकृया हो। दुइ मानिस बिचको समझदारी तथा सौहार्दपुण तरिकाले जीवन बिताउने प्रण गर्ने सन्कल्प हो। उनले केही दिन अघि मात्रा १४ जोडीको एकै साथ रेयल विवाह गराइ दिएका छन। परिवर्तन समय संगै सुन्दर तथा अाकर्षक देखिएका नव दुल्हा-दुल्हहीका वास्तविक विवाहका केही अविश्मणिय भिडियोका क्लिप्सलाई सुरुवात“ बोलको गीत फरक तबरले आफ्नै युटुब च्यानल बाट यसै हप्ता मात्रा सार्वजनिक गरेका छन। गीतको रार्हे नयाँ जीवनको सुरुवात एक अर्कामा समणपित् साथ मिलेर जीवनभर यात्रा गरौ भन्ने छ।

सफल रहोस् शुभकामना।

(Visited 7 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु