जापानमा राती खाना खाएर श्रीमानसँगै सुतेकी गुल्मीकी एक महिला बिहान मृत फेला

टोकियो, अगस्त १८ । जापानमा गुल्मीकी एक महिला मृत भेटिएकी छिन् । आफ्नै कोठामा बिहीबार राती खाना खाएर श्रीमानसँगै सुतेकी ति महिला शुक्रबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
गुल्मि जिल्लाको चन्द्रकोट वार्ड नं १ दिब्रुङ माईती तथा मुसिकोट नगरपालिका वार्ड नं ६ कुर्घा स्थायी घर भई टोकियोस्थित किता कु ईताबासिमा अन्दाजी २९ वर्षीया महिला मृत फेला परेको जनाइएको छ । बेलुका श्रीमानसँगै सुतेकी ति महिलालाई बिहान एम्बुलेन्समा अस्पताल पुर्याईएको थियो ।
अस्पतालले करिब ६ घण्टा पहिले नै उनको मृत्यु भएको जानकारी दिएको थियो ।मृतक महिलाको श्रीमानलाई नियन्त्रणमा लिई स्थानिय प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
मृतक रायमाझी श्रीमानको ’डिपेन्डेन्ट’ भिसामा जापानमा बस्दै आएको बुझिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
(Visited 3 times, 1 visits today)
प्रतिकृया दिनुहोस्