अनुसन्धान प्रहरीले गर्छ, फैसला सर्वोच्च अदालतले गर्छ, भीडले होइन : सूर्य प्रकाश


गृहमन्त्री राम बहादुर थापाका स्वकीय सचिव सूर्य प्रकाश सुवेदी पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नागरिक समाजले वाचडगको भूमिकामा निर्वाह गर्नुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सो कुरा बताएका हुन्। पुडासैनीको आत्महत्या प्रकरणमा छानविनका लागि बिहीबार रवि लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी चितवन लगिएको छ।

रविलाई चितवन पुर्‍याएसँगै उनका समर्थकले जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले नाराबाजी गरेका थिए। सोही विषयलाई लक्षित गर्दै सूर्य प्रकाश सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनुसन्धान प्रहरीले गर्छ। अनुसन्धान अदालत पुग्छ। अन्तिम फैसला सर्वोच्च अदालतले गर्छ। अरु पक्षले वाचडग भएर मात्र हेरौं।’

साउन २९ गते पुडासैनीले आत्महत्या अगाडि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा उनले आफूलाई रवि लामिछानेसहित तीन जनाले मार्न बाध्य बनाएको आरोप लगाएका छन्।

सोही अनुसार प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो।

(Visited 30 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु