भदौ १ बाट मेची नेत्रालयमा स्वास्थ्य बीमा सेवा



काँकरभिट्टा ।
काँकरभिट्टा र स्वास्थ्य बीमा गराएका नेपाली नागरिकहरुको आँखाको उपचार काँकरभिट्टास्थित मेची नेत्रालयले गर्ने भएको छ ।
नेत्रालयले भदौ १ गतेदेखि स्वास्थ्य बीमा उपचार सुरु गर्ने नेत्रालयका ब्यवस्थापकीय प्रमुख नवराज प्रधानले जानकारी दिए । स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा बोर्ड र अस्पताल बीच गत साउन ८ गते दुई पक्षीय सम्झौता भए अनुसार भदौ १ गतेबाट उपचार सुरु हुने भएको हो ।

सम्झौता पत्रमा नेत्रालयका निर्देशक डा. शरदचन्द्र प्रकाश राई र नेपाल सरकार स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले हस्ताक्षर गरेका छन् । अस्पतालले १ लाख रुपैयाँसम्मको औषधी उपचार निःशुल्क गर्ने जनाएको छ । उपचारका लागि स्वास्थ्य बीमा परिचय पत्र आवश्यक पर्ने प्रधानले बताए ।

(Visited 28 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु