प्रमोद खरेलले गाएको गीतमा टिकाराम मग्रातीको बेजोड अभिनय

मेचीनगर । युवा नेता तथा मेचीनगर कार्यपालिका सदस्य टिकाराम मग्रातीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘फूल टिपी माला गासेनी’ बोलको गीतमा चर्चित गायक प्रमोद खरेलले स्वर दिएका छन् । कृष्ण अनमोलले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा टिकाराम मग्राती, विकास पाण्डे, प्रियङ्का ठटाल र सुनिता परियारले अभिनय गरेका छन् । प्रेमले कसरी जिन्दगी बिगार्न सक्छ भन्ने कथावस्तु समेटिएको उक्त बोलको गीत ६ मिनेट ३ सेकेन्डको रहेको छ ।
झापाका रमणीय स्थलहरुमा छायाँकन गरिएको म्यूजिक भिडियोको शब्द सुवास खनाल, सङ्गीत लालबावु सुब्बाको रहेको छ । तिलक रिजालले छायाँकन गरेको भिडियोमा बाँसवारी, सालवारी, हेभन पार्क, कोटीहोम, हाइप रेस्टुरेन्ट लगायतका मनोरम स्थलहरु कैद गरिएका छन् ।
रेडस्टार इन्टरटेन्डमेन्ट प्रालिको दोस्रो प्रस्तुति रहेको फूल टिपी माला गासेनी म्यूजिक भिडियो बुढासुब्बा म्यूजिक प्रालिले युट्युवमार्फत सार्वजनिक गरेको छ । हालसम्म १० हजार जनाले उक्त भिडियो हेरिसकेको कलाकार मग्रातीले बताए ।
राजनीतिसँगै सङ्गीत क्षेत्रमा लागेका मग्रातीले आफ्नो परिचय अझ फराकिलो बनाउँदै लगेका छन् । यसअघि पनि उनले अभिनय गरेको पहिलो म्यूजिक भिडियो बजारमा आइसकेको छ । उक्त गीत स्रोता तथा दर्शकले रुचाएपछि उनी सङ्गीत क्षेत्रमा पनि आफ्नो पहिचान बनाउन खोजिरहेका छन् ।
………………………
प्रतिकृया दिनुहोस्