चितवन प्रहरी हिरासतमा रहेका रविमाथि अर्को बज्रपात, अमेरिकामा रहेको घरको किस्ता नतिर्दा घर लिलामी को खतरामा


काठमाडौं– पत्रकार रवि लामिछाने यतिवेला चितवन प्रहरीको नियन्त्रणमा रहेका छन् । उनी हिरासतमै रहेको बेला अर्को समाचार बाहिरिएको छ । बाहिरिएको समाचार अनुसार एक भन्दा बढी किस्ता नतिरेका कारण अमेरिकामा रहेको लामिछानेको घर लिलामिको खतरामा रहेको सूचनामा जनाइएको छ । सम्झौता अनुसार एक भन्दा बढी किस्ता नतिरेका कराण तत्काल तिर्न सूचना जारी गरिएको थियो ।

अमेरिकामा रहेको घरको किस्ता नतिर्दा समस्या

ईशासँगको २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका लामिछानेले पत्नी इसासँग डिभोर्स गर्दा अमेरिकामा उनी बस्ने घर, उनीहरुको खर्चपानी, सन्तानको जिम्मा लिने कागजमा सही गरेका थिए ।

तर पूर्व पत्नीसँग डिभोर्स गर्दाको कागज बमोजिम घरको किस्ता र छोरीको कलेज फि नतिरेका कारण घर खाली गर्न जुन १० तारिखमा अमेरिकाको मेरिल्याण्डको कानून अनुसार सूचना जारी भएको थियो ।

जसमा लामिछानेले घरको किस्ता नतिरेका कारण तत्काल तिर्न भनिएको थियो । एक भन्दा बढी किस्ता नतिरेका कारण लामिछानेको घर लिलामिको खतरामा रहेको सूचनामा जनाइएको थियो । सम्झौता अनुसार एक भन्दा बढी किस्ता नतिरेका कराण तत्काल तिर्न सूचना जारी गरिएको थियो ।

विवादको घेरमा रवि

‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममार्फत चर्चामा रहेका पत्रकार लामिछाने यसअघि पनि विभिन्न विवादमा फस्दै आएका छन् ।

पत्नीसँगको डिभोर्सदेखि पत्रकारको पास लिन्न भन्ने विषय सम्मले लामिछाने विवादमा तानिएका थिए । लामो समय अमेरिकामा बसोबास गरेर उतै घरजम गरेका लामिछाने नेपाल फर्किएर पुन पत्रकारितामा सक्रिय बनेका थिए । तर उनले प्रेस काउन्सिलको नेतृत्व नालायकी भएको भन्दै पास नलिने बताए ।

उनी अवैधानिक रुपमा नेपालमा बसेर काम गरिरहेको भन्दै विरोध तिब्र भएसँगै लामिछानेले अमेरिकाको नागरिकता त्यागेर पुन नेपालको नागरिकता लिएका थिए । त्यसपछि उनी पत्नीसँगको डिभोर्स प्रकरणका कारण चर्चामा रहे । पत्नी इशासँग डिभोर्स गरि रविले निकिता पौडेलसँग विवाह गरेका छन् ।

अनुसन्धान गर्नेको लागि अदालतले दियो ५ दिनको म्याद

पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले थप अनुसन्धानका लागि लामिछानेसहितका तीन जनालाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

न्यूज २४ का पूर्व सहकर्मी पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भनिएको एक भिडियोमा आफ्नो मृत्युको कारण रवि लामिछाने, युवराज कडेल र अस्मिता भनिने रुकु कार्की भएको बताएपछि थप अनुसन्धानको लागि भन्दै उनीहरु तीनै जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

(Visited 23 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु