शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेकी अस्मिता कार्कीको यस्तो सनसनीपूर्ण खुलासा


काठमाडाैं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएकी युवती अस्मिता कार्कीले आफ्ना पर्सनल एसएमएस धमाधम सार्वजनिक भएकोप्रति आपत्ति प्रकट गर्दै एसएमएस सार्वजनिक गर्नेविरुद्ध साइबर क्राइममा मुद्धा दायर गर्ने जनाएकी छिन् । अस्मिताले आफ्ना पर्सनल एसएमएस सिधा कुरा जनतासँग कार्यक्रमका प्रोड्युसर दीपक बोहरा र एक युवती ज्वाला संग्रौलाले गोप्य हुनुपर्ने एसएमएसहरु सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको खुलासा गरेकी छित । साथै उनी आक्रोशित पनि भएकी छिन ।

घटना भएपछि सम्बन्धित निकायलाई ती एसएमएस दिँदा ठीक होला तर सामाजिक सञ्जालमा सार्वजनिक गरेर कसैलाई दोषारोपण गर्नु कत्तिको ठीक हो भनेर उनले प्रश्न गरेकी छन्। शालिकरामले पहिले पहिले पठाएका एसएमएसलाई सार्वजनिक गरी आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै उनले यसबारे कानूनी उपचार खोज्ने जनाएकी हुन् । आफ्ना गाेप्य एसएमएसहरु अरुबाट सामाजिक सञ्जालमा सार्वजनिक गरिनुले आफ्नाे व्यक्तिगत स्वतन्त्रता हनन् भएकाे उनकाे गुनासाे छ।

एक सञ्चारमाध्यमसँगकाे कुराकानीका क्रममा उनले भनेकी छन्, ‘मैँले शालिकरामले पठाएका एसएमएस कृष्ण थापा र अनिल ढुंगेललाई गोप्यता कायम राख्ने शर्तमा शालिकरामलाई सम्झाईदिन आग्रह गर्दै दिएकोमा सामाजिक सञ्जालमार्फत दीपक बोहोरा र ज्वाला संग्रौलाले किन सार्वजनिक गरे ? मेरो व्यक्तिगत स्वतन्त्रतामाथि हनन् भयो ।’

यसैबीच अधिवक्ताहरुले अर्काको एसएमएस विना अनुमति सार्वजनिक गर्नु अपराध हुने बताएका छन् । संविधानको धारा २८ मा गाेपनियतासम्बन्धीको हक उल्लेख छ । जसमा व्यक्तिको जिउ, आवास, सम्पत्ति, पत्राचार, लिखत र तथ्याङकसम्बधी डकुमेन्टहरु सार्वजनिक गर्न नपाउने उल्लेख छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोला रवी लामिछानेसहित ३ जनालाई चितवन जिल्ला अदालतमा पेस गरिएको छ । बिहीबार काठमाडौंस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई चितवन जिल्ला अदालतमा पेश गरिएको हो ।

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार अहिले लामिछानेसहित ३ जनालाई न्यायाधीश विनोद कुमार गौतमको इजलाशमा उपस्थित गराइएको छ । साउन २२ गते दिउँसो ३ः ३० बजे होटलको २०२ नम्बर कोठामा गएका उनलाई होटलवालाले राति खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए । रवि लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो ।

(Visited 18 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु