रवि लामिछानेसहित तीनै जना अदालतमा पेश, रविले समर्थकलाई हात हल्लाए !


चितवन : पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कडेँल र रुकु कार्कीलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ ।

बिहीबार पक्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो । अहिले उनीहरुको थुनछेक बहस भइरहेको छ । उनीहरुलाई म्याद थप गर्ने या नगर्ने भन्ने बहसपछि टुंगो लाग्नेछ ।

उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडीको गेटबाट अदालत लगिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालत लगेको हो । तीनै जनालाई बिहीबार नै काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याइएको थियो ।

तलका तस्विरमा हेर्नुहोस 

 

 

(Visited 19 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु