तस्विरमा हेर्नुहोस यसरी पक्राउ गरिएको थियो रवि लामिछानेलाई, कार्यक्रम ‘सीधाकुरा जनतासँग’ प्रशारण नहुने


काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता/पत्रकार रवि लामिछाने र टिभी जर्नलिष्ट युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सोधपुछका लागि प्रहरीको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको हो ।

आजै प्रसारण हुने कार्यक्रम सीधाकुरा जनतासँग प्रसारण हुनु एक घण्टा २५ मिनेट अघि प्रस्तोता लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हुँदा पौने नौ बजेको सो कार्यक्रम अवरुद्ध भएको छ ।

छानविनलाई सहयोग गर्ने लामिछानेको प्रतिवद्धता

प्रहरीले नियन्त्रणमा लिँदै गर्दा पत्रकार लामिछानेले घटनाको विषयमा छानविन गर्दा प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । आजै प्रसारण हुने कार्यक्रम सीधाकुरा जनतासँग प्रसारण हुनु एक घण्टा २५ मिनेट अघि प्रस्तोता लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हुँदा पौने नौ बजेको सो कार्यक्रम अवरुद्ध भएको छ ।

सोही घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अस्मिता कार्कीलाई यसअघि काठमाडौंबाट पक्राउ गरेको थियो । पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

यसमा प्रयोग गरिएका सम्पूर्ण तस्विर न्यूज २४ बाट लिइएका हुन् ।

(Visited 25 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु